ठेकेदारको बदमासीका कारण हुलाकी राजमार्ग कालोपत्रे नहुँदा सदरमुकाम मलङ्गवाका स्थानीय धुलोको मार खेप्न बाध्य छन् । पूर्वपश्चिम हुलाकी राजमार्ग
शिक्षक सरुवाका विषयमा सुर्खेतको वीरेन्द्रनगर नगर कार्यपालिका र शिक्षक आमनेसामने भएका छन् । नगरपालिकाले स्थानीय ऐनका आधारमा शिक्षकको सरुवा, प्रधानाध्यापक व्यवस्थापन, दरबन्दी मिलान तथा व्यवस्थापन र विद्यालय समायोजन गरेको दाबी गरेको छ भने शिक्षकले नगर कार्यपालिकाले एकलौटी रूपमा, आस्थाका आधारमा शिक्षक सरुवा गरेको, आफूनिकटलाई प्रअ नियुक्त गरेको भन्दै त्यसको खारेजीको माग गरेका छन् ।
जुम्लाको सिँजा गाउँपालिकाका एक हजार ६४ घरधुरीमा खानेपानी पुगेको छ । सिँजा गाउँपालिका र साझेदार संस्थाको सहयोगमा गाउँपालिकाले खानेपानी पु¥याएको हो । गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार सङ्घीय सरकारले गाउँपालिकालाई दिएको अनुदानबाट र फिनल्यान्ड सरकार, युरोपियन युनियनको संयुक्त सहयोगमा यहाँका घर घरमा धारा पु¥याइएको छ ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु गन्थ साहेव’ पाठ गराउनाका साथै साधुसन्तलाई भण्डारा गराइएको छ ।
दार्चुलाका आठ हजार ९२८ जना बालबालिकालाई भिटामिन ‘ए’ र आठ हजार ५८ जना बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख वीरेन्द्र भट्टका अनुसार कात्तिक २० र २१ गते दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन आवश्यक औषधी र स्वास्थ्यकर्मी परिचालन गरिसकिएको हो ।
फुङलिङ नगरपालिका ताप्लेजुङको आयोजना तथा घुन्सा फाउण्डेसन काठमाडौँको प्राविधिक सहयोगमा निःशुल्क अनलाइन कक्षा सम्बन्धी तालिम बुधबारबाट सुरु भएको हो ।
जिल्लाको दोधारा चाँदनीमा फुटबल ‘रेफ्री’ र ‘कोच’को प्रशिक्षण सुरु भएको छ । कञ्चनपुर जिल्ला फुटबल सङ्घको आयोजना र दोधारा चाँदनी नगरपालिकाको आर्थिक सहयोग एवं अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा प्रशिक्षण सुरु भएको हो ।
कोशी प्रदेश सरकारले तत्काल नयाँ सवारीसाधन खरिद नगर्ने भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका व्रmममा मन्त्रालय र विभिन्न कार्यालयका गरी २६५ वटा सवारीसाधन जलेर ध्वस्त भएका थिए ।
सुदूरपश्चिम प्रदेशमा छ हजार २१२ नयाँ मतदाता थपिएका छन् । फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य भइरहेको छ । असोज १० देखि कात्तिक १७ सम्म यस प्रदेशमा चार हजार ८३ पुरुष, दुई हजार १२७ महिला र दुई अन्य गरी छ हजारभन्दा बढी नयाँ मतदाता थपिएका हुन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक हजार १९५ पुरुष र
गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ । गाउँपालिकाको भवन आगजनीबाट ध्वस्त भएपछि हाल स्थानीय औरही अस्पतालको भवनबाट सेवा सञ्चालन गरी सहजता ल्याउने प्रयास भइरहेको छ ।
पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीको आम्दानी करिब २८ प्रतिशतले घटेको छ ।
जेनजी समूहको आन्दोलनमा भएको तोडफोड र आगजनीका कारण ध्वस्त भएका अभिलेख जुटाउने प्रयासमा हेटौँडा उपमहानगरपालिका लागेको छ । कार्यालयमा भएका महìवपूर्ण
नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी) विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय विकास सङ्घ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ ।