उम्मेदवार, नेता र कार्यकर्तालाई प्रतिनिधि सभाको निर्वाचनले व्यस्त बनाएको भए पनि दक्षिणी मोरङका मकै खेती गर्ने किसानलाई भने निर्वाचनले छोएको छैन । अगुवा मकैमा मल लगाएर सिँचाइ गर्न बितेको छ ।
देशभर चुनावी माहोलले छोएको भए पनि सुनसरीका किसानलाई चुनावमा मतदानभन्दा बढी मकै, गहुँ र तरकारीबालीमा सिँचाइ गर्न नपाएकोमा चिन्ताले सताएको छ । चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा १०८ जना उम्मेदवार घरदैलोमा छन् ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमले तराई क्षेत्रका लागि जिङ्क गहुँ–१, जिङ्क गहुँ–२ र बोर्लग–२०२० जातको नयाँ गहुँको बिउ विकास गरेको छ । त्यसै गरी पहाडी क्षेत्रका लागि खुमलशक्ति, भेरीगङ्गा र हिमगङ्गाको जात विकास गरेको कार्यक्रमले जनाएको छ ।
दलित समुदायमाथि इन्टरनेट र सामाजिक सञ्जाल माध्यमबाट पनि जातीय भेदभाव र हिंसा भइरहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जाल प्रयोगबाट अपमान, विभेद र हिंसा हुन थालेपछि दलितमाथि हुने जातीय विभेद र हिंसाको स्वरूप पनि ‘डिजिटलाइज्ड’ भएको अध्ययनको निष्कर्ष छ ।
अमेरिका र इजरायल मिलेर इरानमाथि सैन्य आक्रमण सुरु गरेका छन् । अमेरिका र इरानबिचको जेनेभा वार्ता असफल भएपछि शनिबार बिहानदेखि इरानको राजधानी तेहरानलगायत विभिन्न स्थानमा हवाई आक्रमण गरिएको हो । आफूमाथि भएको आक्रमणको प्रत्याक्रमण स्वरूप इरानले इजरायलसहित कतार, बहराइन, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । ती क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले आकाशमै नष्ट पारिदिएको सम्बद्ध अधिकारीहरूले बताएका छन् । इरानले प्रत्याक्रमण गरेपछि मध्यपूर्वका सबै हवाई उडान प्रभावित भएको एपीले जनाएको छ ।
मध्यपूर्वका देशमा देखिएका तनावका कारण नेपालमा शनिबारका लागि पूर्वनिर्धारित १८ वटा उडान रद्द हुँदा तीन हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् । संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले गरेको प्रत्याक्रमणपछि चुलिएको क्षेत्रीय तनावका कारण आठ वटा देशले आफ्नो हवाईक्षेत्र बन्द गरेका छन् ।
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ पाँच बजेसम्म अत्यावश्यकबाहेकका निजी तथा सार्वजनिक सवारी सञ्चालन बन्द गरेकाले रात्रि बसहरू सञ्चालन नगर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा लुम्बिनीको विकासबारे साझा धारणा देखिएको छ । विशेष गरी विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको दिगो विकास, व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रवर्धन यस पटकका दलका प्रतिबद्धतापत्रको साझा विषय भएको छ ।
निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ ।
दक्षिण बागलुङको जैमिनी नगरपालिकामा मुख्य समस्या बाँदर आतंक हो । तीन वर्षअघि जैमिनीले विज्ञ सम्मेलन गरेर बाँदर नियन्त्रणको प्रयास थाले पनि त्यो अहिलेसम्म पूरा भएको छैन ।
रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई ‘खतरनाक’ र ‘विनासकारी’ भन्दै यसको निन्दा गरेको छ ।
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थाको २३ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । सभाले लक्ष्मण रायमाझीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि भारतका दुई ठूला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, केन्द्रीय सचिव छविलाल विश्वकर्मा, नेता लिला गिरी लगायतले पार्टीमा स्वागत गर्नुभयो ।
हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन्।