खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले आजदेखि धान खरिद सुरुवात गरेको छ । कम्पनीले पहिलो दिनमा नौसय क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । पहिलो दिनमा मोटा धान आठसय ९४ क्विन्टल र मध्यम धान १२ क्विन्टल धान खरिद गरिएको कम्पनीका सूचना अधिकारी चेतमान कठायतले बताउनुभयो ।
नेकपा (एमाले) को ११ औं केन्द्रीय महाधिबेशनमा दाङबाट २२ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
प्रसूति जटिलताका कारण समस्या झेलिरहेकी पाँचथरको तुम्वेवा गाउँपालिका –५ हाङगुमकी एक महिलालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
नेपालको संविधान २०७२ मा आदिबासी जनजातिको सवाल विषयमा बुधबार यहाँ गम्भीर छलफल भएको छ । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानको आयोजना र नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा डा. कृष्ण भट्टचन र अधिवक्ता शंकर लिम्बूले विषय प्रस्तुत गर्नुभएको थियो ।
कतारको राजधानी दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार यहाँस्थित क़तार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्रहालयको अवलोकन गर्नुभएको छ ।
बङ्गलादेशले बुधबार चुनावअघि सयौँं महत्त्वपूर्ण हतियार सङ्कलन गर्ने आशामा गत वर्ष विद्रोहको क्रममा लुटिएका मेसिन गन, राइफल र पेस्तोलसहित आत्मसमर्पण गर्न आग्रह गरेको छ। यसरी प्रशासनलाई हतियार बुझाउनेलाई नगद पुरस्कारको घोषणासमेत सरकारले गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा ३० वर्षमुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्नुभएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो। प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताउनुभयो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका महत्त्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तारका लागि सरकार प्रतिबद्धताका साथ लागिपरेको बताउनुभएको छ।
विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ।
आइसिसी विश्वकप लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल संयुक्त अरव इमिरेट्स (युएई) सँग चार विकेटले पराजित भएको छ ।
नेपाल वायुसेवा निगमको संचालक समितिको अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्ताको जिम्मेवारी निगमका कर्पोरेट डाईरेक्टर अनिल घिमिरेलाई दिइएको छ ।
दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका इन्टर्नसीप चिकित्सकहरुले अस्पतालको प्रमुख कार्यकारी अधिकृत र लेखा अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गेरुवा गाउँपालिका –२ राजीपुरका ७१ वर्षीय तारासिंह हमाल रहेका छन् ।