संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा अपाङ्गता भएका व्यक्तिहरुको न्यायमा पहुँच सम्बन्धि सत्रको आयोजना गरिएको छ ।
धार्मिक तथा पर्यटकीय सिद्धबराह (रुद्र ताल) रहेको गाजाको दहमा बैकुण्ठ चतुर्दशीको अबसरमा आधा दर्जन तोरण तारिएको छ । हरेक वर्ष मेला लाग्ने गाजाको दहमा बुधबार स्थानीय जैमिनी नगरपालिका –३ नौलाबासीको एक तोरणसहित विभिन्न स्थानबाट ल्याइएको तोरण तारिएको हो ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) ले कात्तिक २२ गते शनिबार बस्ने मधेश प्रदेशसभाको वैठकमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
सिराहाको सलहेश फुटबल क्लब पाँचथर क्लबलाई ४-१ गोलले हराउँदै दोस्रो इन्ट्रा पथरीशनिश्चरे गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
दाङको घोराही उपमहानगरपालिका–५, पाण्डवेश्वर धार्मिक धाम धारपानीलाई धार्मिकसँगै कलाको ‘हब’ बनाउन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले चासो देखाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीबिचको एकता अहिलेको आवश्यकता भएको धारणा राख्नुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ।
आइतवार देखि फिलिपिन्समा आएको कलमेगी चक्रवातका कारण मृत्यु हुनेहरुको सङ्ख्या ६६ पुग्नुका साथै, थप २६ जना बेपत्ता भएको फिलिपिन्सकोे नागरिक रक्षा कार्यालय (ओसीडी) ले बुधबार जनाएको छ ।
पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जल क्षेत्रमा लागुऔषध ओसार-पसार गर्ने डुङ्गालाई लक्षित गरी अमेरिकी सेनाले गरेको आक्रमणमा दुई जनाको मृत्यु भएको रक्षा सचिव पीट हेग्सेथले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयसँग सम्बन्धित कामकाजलाई थप प्रभावकारी, चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यका साथ मन्त्रीस्तरीय निर्णयबाट उच्चतहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
यस वर्ष रेकर्ड स्तरमा पुगेको घातक भालु आक्रमणबाट प्रभावित जापानको उत्तरी क्षेत्रमा जापानी सरकारले बुधबारदेखि सेना तैनाथ गर्न थालेको छ ।
ब्राजिलमा हुन लागेको आगामी जलवायु वार्ताको सन्दर्भमा विश्वका नेता एकत्रित हुँदै गर्दा जलवायु सङ्कटको सबैभन्दा ठुलो मूल्य तिर्ने गरिब र सीमान्त समुदाय हुने प्रष्ट हुँदै गएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
अमेरिकाको राजनीतिक केन्द्र मानिने न्युयोर्क सहरमा मङ्गलबार भएको निर्वाचनमा युवा वामपन्थी नेता जोहरान ममदानीले मेयर पदमा ऐतिहासिक विजय हासिल गर्नु भएको छ ।
सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगविरुद्ध दायर भएको रिट निवेदनमा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ माग गरेको छ ।