शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बार्दलीमा मेरो जून झल्मलाएको छ
एकै झल्को देख्न मन चल्मलाएको छ
बार्दलीमा मेरो जून झल्मलाएको छ
बर्सौंको प्रतीक्षा बादलले नढाकिदियोस्
देख्न नपाउँदै उसै गरी नटाढिदियोस्
आज यो मन यसै यसै खल्बलाएको छ
बार्दलीमा मेरो जून झल्मलाएको छ
समथर रहरहरू हिमाल झैँ अग्लन थाले
शीतल शीतल स्पर्शले हिउँ झैँ पग्लन थाले
आफैँभित्र नौलो खुसी सल्बलाएको छ
बार्दलीमा मेरो जून झल्मलाएको छ