• १ वैशाख २०८३, मङ्गलबार

‘टोकियो अघि र पछि’ ट्राभल प्रदर्शनी आजदेखि

blog

तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ, फागुन १६ गते । नेपालस्थित जापानी दूतावास र द जापान फाउन्डेसनको आयोजनामा आजदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिल ग्यालरीमा ‘टोकियो अघि र पछि’ शीर्षकमा प्रदर्शनी सुरु भएको छ । 

आगामी चैत ४ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा जापानी संस्कृति र कला प्रस्तुत गरिने जनाइएको छ । प्रदर्शनीमा टोकियोको सामाजिक, आर्थिक र आर्किटेक्चर क्षेत्रमा भएको परिवर्तन झल्कने ८० वटा तस्बिर राखिने छन् । प्रदर्शनीमार्फत आगन्तुकले जापानी फोटोग्राफरको सिर्जना र उनीहरूको विशिष्ट छवि अनुभूत गर्ने अवसर पाउने अपेक्षा गरिएको छ । रासस