• १६ फागुन २०८२, शनिबार

ममता मृदुलसँग लघुकथामा बहस अध्याय-६, नारी दिवस सम्पन्न

blog

काठमाडौं, फागुन १६ गते । नारी स्रष्टा समाज द्वारा नारी दिवसको पूर्व सन्ध्या पारेर नारी स्रष्टाहरूलाई सम्मान गरिएको छ । प्राडा सावित्री कक्षपतिको प्रमुख आतिथि, मन्जुश्री प्रधान विशेष अतिथि रहनुभएको कार्यक्रमको सभापति ममता मृदुल रहनुभएको थियो । 

स्थिति लम्साल बाल स्रष्टा सम्मान तथा पुरस्कार आरती चौधरीलाई प्रदान गरियो । यसै गरी नारी स्रष्टा सम्मान २०८२ बाट गोरखापत्र संस्थानका पत्रकार आशा गुप्ता, राइजिङ नेपालकी महिमा देवकोटा, कलाकार भिनमाया प्रजापति, मीना पूर्णिमा, साहित्यकार तारा सुवेदी, शान्ता तिम्सिना, एन्जल निलु, निशा केशी, सविता दुलाल घिमिरे, कमला पन्थी अधिकारी र बाल स्रष्टा आस्था मिश्रलाई सम्मान गरिएको थियो । 


स्रष्टा सम्मान कार्यक्रम पछि लगत्तै ममता मृदुलसँग लघुकथामा बहस अध्याय-६ सुरु गरिएको थियो । ममता मृदुलसँग लघुकथामा बहस-अध्याय छमा रञ्जना पराजुली लम्सालका लघुकथामा दस जना लघुकथाकारले लघुकथा वाचन गर्नुभएको थियो । निशा केशी र सुचिता काफ्लेद्वारा शुभकामना मन्तव्य, रञ्जना पराजुली लम्सालले धन्यवाद ज्ञापन दिनुभयो । 


विशिष्ट अतिथि विधान आचार्यले वाचन गरिएका लघुकथाका बारेमा, प्रमुख अतिथि तुलसीहरि कोइरालाले लघुकथामा गरिएको बहस कार्यक्रमले लघुकथाको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताउनु भयो । ध्यानाभिनय परिवारले रञ्जना पराजुली लम्सालको महँगो चन्दा शीर्षकमा नाटक प्रदर्शन गरिएको थियो । ममता मृदुलले सञ्चालन गरेको कार्यक्रम एक घण्टा पन्ध्र मिनेटमा सम्पन्न भएको थियो ।