मेलौली भगवतीको दर्शन गर्न आउने पर्यटकलाई खान, बस्न र भजनकीर्तन गर्न धर्मशाला तयार भएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अनेक आयामले समाजको मुहार प्रतिविम्बित गर्छ । व्यक्ति, परिवार तथा समूह मिलेर बन्ने समाजमा अनेक खालका सङ्घसंस्था हुन्छन् ।
सहकारी दुरुपयोग रोक्ने सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले संसद्मा प्रतिवेदन प्रस्तुत गरेको छ ।
प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार हुन्छ ।
नेपालको कुल जनसङ्ख्याको ६३ प्रतिशत नगरपालिकामा बसोबास गर्ने तथ्याङ्क सार्वजनिक भइरहँदा पछिल्ला दुई दशकमा ग्रामीण भेगबाट नगर क्षेत्रतिर स्थानान्तरण हुने र गाउँ पातलिँदै जानाले नेपाली समाजको जनसाङ्ख्यकीय र समाजशास्त्रीय स्वरूपमा भएका व्यापक फेरबदल सतहमा आएका छन् ।
विविध पृष्ठभूमि भएका जनसमुदायसम्म उन्नत प्रविधियुक्त माध्यमका सहायताले सङ्गठित संस्थाबाट एकसाथ जानकारीमूलक वा मनोरञ्जनात्मक सन्देश प्रवाह गर्ने क्रियाकलाप आमसञ्चार हो भन्ने विज्ञहरूको साझा बुझाइ छ । सरोकारवाला पक्षले यससँग गाँसिएर देखा पर्ने अनेक प्रश्नको सामना गर्दै जाने क्रम रहन्छ नै ।
मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागकानुसार हाल देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
दी एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७ औँ एकेडेमी अवार्डका लागि नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रका रूपमा ‘शाम्भाला’ छनोट भएको छ ।
महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याल (धिताल) लाई प्रदान गरिएको छ ।
सन्तान प्राप्तिका लागि एक दम्पतीले गरेको सङ्घर्षको कथा हो नाटक ‘अगम’ । नाटकमा आशा÷निराशाका कथा छन्, जसले हाम्रो समाजमा महिलामाथि हुने अनेकन अत्याचारका मुद्दाको झलक दिन्छ ।
कुमारी लामाको निबन्ध कृति ‘दर्ज्युको संलाप’ लोकार्पण भएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
नागरिक लगानी कोषले प्रदान गरिरहेको विभिन्न सामाजिक सुरक्षाका योजनाबारे पोखरामा सरोकारवालाबिच शुक्रबार छलफल गरिएको छ ।
उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् ।
स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३३ रुपैयाँ ४१ पैसा र बिक्री दर एक सय ३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।