विश्व रेडपान्डा दिवसको अवसरमा शनिबार ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा महिलातर्फ कुमारी गुरुङ प्रथम हुनुभएको छ।
घान्द्रुक आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। घान्द्रुकलाई सांस्कृतिक गाउँको रूपमा विकासको लागि पहल गर्न सरोकारवालाको माग छ।
मोहना र खुटिया नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा नदी कटान तथा रोकथाम नियन्त्रण गर्न रु ५२ करोड लागतमा निर्माणाधीन तटबन्ध अन्तिम चरणमा पुगेको हो ।
लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाउँदै आक्रमणमा हेजबुल्लाहको एलिट युनिटका कमान्डरकोसमेत मृत्यु भएको इजरायलले जनाएको छ ।
चाडपर्व सुरु भएसँगै नेपाल भारत खुल्ला सीमाको फाइदा उठाउँदै पट्काजन्य पदार्थ नेपाल भित्रिन थालेको छ।
एकसय ९ स्थानीय तह रहेको लुम्बिनी प्रदेशका २ पालिका प्रमुखको जिम्मेवारी महिलाले सम्हालेका छन् । बाँकी एक सय सात स्थानीय तहमा पुरुषकै नेतृत्व रहेको छ ।
भेरी अस्पताल नेपालगन्जले शनिबारदेखि अत्याधुनिक नयाँ अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन सुरु गरेको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका-८ सानो गणेशपुर चोकबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
तम्घासस्थित गुल्मी अस्पतालबाट एक वर्षमा ८५ हजार ६८० नागरिकले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालको वार्षिक समीक्षामा ८५ हजार ६८० नागरिकले उपचार पाएको निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. विभव बस्यालले जानकारी दिनुभयो।
नेपाल चिकित्सक सङ्घले सार्वजनिक बिदामा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने सरकारको निर्णय पुनरावलोकन गर्न आग्रह गर्दै ध्यानाकर्षण गराइएको छ ।
करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिकाले ‘एक वडा, एक नमुना उद्यम कार्यक्रम’ अन्तर्गत वडाहरूबाट उत्पादन भएका बस्तु तथा सामग्री नयाँ बानेश्वरको एनबि सेन्टरमा प्रदर्शनी तथा बिक्री सुरु गरेको छ ।
प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् ।
रुकुमपश्चिमका चाडपर्व लक्षित बजार अनुगमनलाई जोड दिइएको छ । जिल्ला प्रशासन कार्यालय, विभिन्न पालिकाहरू, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय लगायतले बजार अनुगमनलाई जोड दिएका हुन् ।
लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गर्दै आउनुभएको छ । उहाँले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च चलाउने गर्नुहुन्छ ।