मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो ।
ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा खुलातर्फ पाँचथरका विशाल राई प्रथम हुनुभएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा केही दिनयतादेखि जनकपुरधाममा देखिएको विद्युत् आपूर्तिको समस्या तत्काल समाधान गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।
कवि यश लामाको पहिलो कृति ‘बहिष्कृत आवाज’ शनिबार एक कार्यक्रमका बिच हेटौँडामा विमोचन गरिएको छ । लामाको पहिलो कृतिको रूपमा कविता सङ्ग्रह ‘बहिष्कृत आवाज’ सार्वजनिक भएको हो ।
लागुऔषधसहित कैलाली प्रहरीले दुई जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का २७ वर्षीया रामरति राना थारु र सोही ठाउँकी २२ वर्षीया करिना राना रहेका छन् ।
नेकपा (एमाले) का स्थायी कमिटीका सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले ग्रामीण क्षेत्रका खास निमुखा नागरिकका कुरालाई लिएर मिसन २०८४ मा भाग लिने बताउनुभयो ।
म्याग्दीको मालिका गाउँपालिका–६, स्थित दरबाङमा खोलाले बगाउँदा एक बालक बेपत्ता हुनुभएको छ ।
रौतहटको राजपुर नगरपालिकाको दुई वटा वडामा झाडापखाला बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
राज्यका महत्त्वपूर्ण निकायको प्रमुख पदमा महिला सहभागिता सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरू एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गर्नुभएको छ ।
श्रीलङ्काले आर्थिक सङ्कट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा अन्तर्राष्ट्रिय मुद्रा कोषको मितव्ययिता योजनामा प्रभावकारी जनमत सङ्ग्रहमा शनिबार राष्ट्रपतिका लागि मतदान सुरु भएको छ ।
संयुक्त राष्ट्रसङ्घले शुक्रबार लेबनानमा हेजबुल्लाहले प्रयोग गर्ने सञ्चार उपकरणको विस्फोट युद्ध अपराध हुन सक्ने बताएको छ ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी रकम दुरुपयोग गरेर अनुसन्धानलाई प्रभावित पार्ने खेलमा लागेको बताउनुभएको छ ।
उपप्रधान एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुवन विश्वविद्यालयले नेपालमा उच्च योग्यता र दक्षता भएका जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभएको छ ।
ताप्लेजुङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार जमेको पानीको दहमा पौडी खेल्ने क्रममा जिल्लाको मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रा मैखुका २१ वर्षीय लाक्पा शेर्पाको मृत्यु भएको हो ।