प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताउनुभएको छ ।
पर्यटन र सूचना प्रविधिमूलक क्षेत्रमा अटोमेटिक रुट (स्वचालित) मार्गबाट विदेशी लगानी प्रतिबद्धता धेरै भित्रिएको छ ।
वर्षायाम सकिनै लाग्दा इलामको मौसम खुल्न थालेको छ ।
भक्तपुरको नलिञ्चोक हेलिपोर्टबाट तीन महिनामा २४८ उडान तथा अवतरण भएका छन् ।
दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ ।
परराष्ट्र मन्त्री डा. आरजु राणाको अमेरिकामा स्वागत गरिएको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन शनिवार दिउँसो क्यानडा हुदै अमेरिकाको न्यूयोर्क आईपुगेकी परराष्ट्र मन्त्री डा. राणालाई जनसम्पर्क समितिको संयोजनमा भव्य स्वागत गरिएको छ ।
पढाइलाई उमेरले छेक्दैन भन्ने भनाइलाई खोटाङका धनकुमारी राई र पुजान दर्जीले पुष्टि गर्नुभएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाकी ७८ वर्षीय धनकुमारी राई र ५२ वर्षीय पुजान दर्जी अहिले नातिनीहरूसँगै विद्यालयमा पढ्न सुरु गर्नुभएको छ ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि महत्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी हुनुभएको छ ।
रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेष गरी पोटोहार नगरको चक जलाल डिनलाई सबैभन्दा बढी प्रभावित क्षेत्रहरुमध्ये एक रहेको अधिकारीहरूले जनाएका छन् ।
श्रीलङ्कामा राष्ट्रपति निर्वाचनका लागि शनिबार भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । स्थानीय समयअनुसार शनिबार बिहान ७ बजेदेखि शुरु भएको मतदान सोही दिन अपराह्न ४ बजे सम्पन्न भएको हो ।
प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ ।
नेपालका विवेक थिङ हङ्गेरीको बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक अन्तर्राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगितामा दोस्रो हु्नुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाका विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबिच क्यानाडाको टोरन्टोमा शुक्रबार द्विपक्षीय भेटवार्ता भएको छ ।
बाँकेलाई अति सुगम जिल्लाको रुपमा लिईंदै आए पनि अझ यो जिल्लामा समेत धेरै ठाउँमा पुल, सडक र बिद्युत नपुग्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन् ।
राज्यले अर्बौ लगानी गरेर निर्माण गरेको खेलकुदका भौतिक पुर्वाधार व्यवस्थापन कमजोर हुँदा खेलाडीले प्रशिक्षण समेत गर्न पाएका छैनन् । नेपालगन्ज रङ्गशाला यहाँका खेलाडीहरुको लागि प्रमुख प्रशिक्षण केन्द्र हो ।