करिब तीन वर्षअघि कोरियाले नेपाललाई दिएका उन्नत जातका गाईबाट जन्मिएका बाछी स्थानीयलाई उपहारका रूपमा प्रदान गरिएको छ । शनिबार सिन्धुलीको कमलामाई नगरपालिकामा आफ्नो ८०औँ वार्षिकोत्सव मनाउँदै हेफर इन्टरनेशनलले उपहार हस्तान्तरण कार्यक्रम (पासिङ अन द गिफ्ट) सम्पन्न गरेको हो ।
जुम्लाको हिमा गाउँपालिका, सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा ५ वटा आधुनिक भवन निर्माण कार्यसम्पन्न भई हस्तान्तरण समेत गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले जानकारी दिनुभयो ।
सुनसरी मोरङ औद्योगिक कोरिडोर क्षेत्रका उपभोक्ता तथा सचेत नागरिक वर्गले नेपाल विद्युत् प्राधिकरणसमक्ष प्राधिकरणकै सञ्चालक समितिले गठन गरेको अध्ययन उपसमितिको प्रतिवेदन कार्यान्वयन गर्दै सोही अनुसार उद्योग कलकारखानाबाट विद्युत् महसुल असुल गर्न सुझाव दिएका छन् ।
कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट–ठुलीबेँसी–देउपुरबेँसी–पोल्याङ सडक (रूपा चक्रपथ) को दोस्रो खण्डको शिलान्यास भएको छ ।
पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन प्रतियोगिताको उपाधि विजेता मोरङ पथरीशनिश्चरे १ निवासी वडिविल्डर्स प्रकाश राईको सम्मानमा पथरीशनिश्चरे नगरपालिकाले आइतबार सार्वजनिक बिदा घोषण गरेको छ ।
परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भ्रामक सूचना (डिसइन्फर्मेसन्) बाट महिला झन् बढी प्रताडित भएका बताउनुभएको छ ।
चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीको चापलाई ध्यानमा राख्दै बिरामीको उपचारलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।
मधेश सरकारले सवारी तथा यातायात व्यवस्था विधेयकका सम्बन्धमा शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा सरोकारवालाको रायसुझाव सङ्कलन गरेको छ ।
तनहुँस्थित पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आउने पर्यटकलाई रैथाने स्वाद चखाउन स्थानीय बाली संरक्षण थालनी गरिएको छ ।
वर्षायाम सकिएसँगै सप्तकोशी नदी आफ्नै लयमा फर्किएको छ । वर्षाभरि रौद्र रूप देखाएर तटीय क्षेत्रका बस्तीलाई त्राहिमाम बनाउने कोशीमा पानीको सतह घट्दै जाँदा वर्षासँगै कोशीको चर्चा पनि सेलाउँदै जान्छ । कोशीमा पानीको बहाव घटेसँगै देखापर्ने नदीभित्रका टापुले कोशीले निम्त्याउन सक्ने दुरवस्थालाई औँल्याइरहेका छन् ।
नवलपुरको गैँडाकोटमा गौँडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. ६ को नगर वनमा घाँस काट्न जाने क्रममा स्थानीय नेप्ते कुमाललाई गैँडाले आक्रमण गरेको हो ।
पर्वतको कुस्मा नगरपालिकाका अधिकांश वडाले बाँदर आतङ्क कम गर्न बस्ती वरिपरिका रुख फँडानी अभियान नै चलाए ।
पूर्वाधार विकास कार्यालय पर्वतमार्फत जिल्लामा सञ्चालित सडकका योजनाको समयमा काम नहुँदा अपेक्षित प्रगति हुन सकेको छैन ।