रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो दुर्घटना हुँदा मन्थली नगरपालिका –४ सालुकी वडा सदस्य अन्दाजी ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
कृषि क्षेत्रमा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै वातावरण तथा दिगो उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्नका लागि पर्यावरणीय कृषि अवधारणामा आधारित परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्नेमा कृषि तथा सो क्षेत्रमा आवद्ध विज्ञहरुले जोड दिएका छन् ।
आइतबार बिहानदेखि अवरुद्ध धनुषाको ढल्केबर–जनकपुर सडकखण्ड सुचारु भएको छ ।
आइसिसी विश्वकप लिग–२ सिरिज अन्तर्गत तेस्रो खेलमा नेपालले आइतबार (आज) राति क्यानडासँग प्रतिस्पिर्धा गर्दैछ ।
तनहुँको व्यास नगरपालिकाले गर्भवती महिलालाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब नौ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड बराबर पुगेको छ। हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को ४४ दशमलव ३२ प्रतिशत बराबर हो।
बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरपने अढाई किलो चाँदीमा दुई तोला सुन जडित गोल्डकप ट्रफी सार्वजनिक गरिएको छ ।
बाँकेका साहित्यकार प्रा.डा.गोपालप्रसाद अधिकारीलाई स्मृति प्रलेस प्रतिभा पुरस्कारसहित सम्मान गरिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ पर्नुभएको छ। नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार प्रसाईं आइतबार दिउँसो भक्तपुरबाट पक्राउ पर्नुभएको हो।
यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक ११ दशमलव ५८ अङ्कले बढेर दुई हजार पाँच सय ८८ दशमलव ३५ को अङ्कमा रोकिएको हो।
राष्ट्रिय नाटक महोत्सव–२०८१ मा देशभरकै पहिलो भएको नाटक ‘घरजम’ लेखिएको भूमि इलाममै प्रदर्शन हुने भएको छ । इलामका साहित्यकार माधव भण्डारीद्वारा लिखित घरजमलाई इलाममे कलाकारले रङ्गमञ्चमा उतारेका थिए ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताउनुभएको छ।
रामेछाप सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –५ सुनारपानी हुँदै वडा ४ सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बैतडीको शिवालिङ आसपास केन्द्र भएर ४ म्याग्निच्यूडको भूकम्प गएको हो।
थारू महिलाको प्रमु्ख पर्व जितियाको अवसरमा काठमाडौं उपत्यकामा बसोबास गर्ने महिलाले ‘जितिया महोत्सव २०८१’ आयोजना गर्ने तयारी गरेका छन् । महोत्सवको उदघाटन युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गर्नुहुने आयोजकको भनाइ छ ।