कोशी प्रदेशमा असार १७ देखि १९ गतेसम्म भएको कला कार्यशालामा तयार पारिएका चित्रकलाको प्रदर्शनी राजधानीमा आइतबारदेखि सुरु भएको छ ।
दुई वर्षअगाडि कोरियाबाट सिन्धुलीका किसानले उपहारमा पाएको गाईबाट जन्मेको बाच्छी अर्को किसानलाई उपहारस्वरूप दिन सुरु गरेका छन् ।
मध्यभोटेकोशी जलविद्युत् आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रसारणलाइन निर्माणमा स्थानीयको अवरोध र मुख्य सुरुङमा देखिएको प्राविधिक त्रुटि समाधान भएकाले आयोजनाबाट चाँडै नै विद्युत् उत्पादन हुने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओेलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाको ‘समिट अफ द फ्युचर’ सत्रलाई सम्बोधन गर्नुभएको छ ।
साना तथा मझौला व्यवसायलाई प्राथमिकतामा राखेर कर्जा सुनिश्चित गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलविद्युत् आयोजना निर्माणमा वन क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सरकारले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन सुरु भएको जनाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बजारमा आइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यो चिनी प्रतिकेजी १०७ रुपियाँ ५० पैसा तोकिएको छ । योभन्दा बढी मूल्य लिन पाइने छैन ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा [नुहाएर खानु] गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ ।
श्रीलङ्काको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित हुनुभएको छ । त्यहाँको निर्वाचन आयोगले आइतबार साँझ उहाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो पटक मतगणना गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले आज शिष्टाचार भेट गर्नुभएको छ ।
आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर अपराध ब्युरोले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनको कसुरमा आवश्यक अनुसन्धानका लागि पक्राउ गरिएको ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नबिन्द अर्यालले जानकारी दिनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले समाज कल्याण परिषद् ऐन संशोधन गर्न लागेको जानकारी दिनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा प्रकाशनसम्बन्धी कार्य अन्तिम चरणमा पुर्याएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम सकिएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले भन्नुभयो, “हाम्रा तर्फबाट गर्नुपर्ने सबै काम सकेका छौँ । अब सोमबार बोर्डमा जानकारी गराउँछौँ । बोर्डले आफू अनुकूल निर्णय गरे नतिजा सार्वजनिक गर्ला ।”
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ ।
नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।