पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले गणतन्त्रका उपलब्धि कमजोर बनाएर संविधान संशोधन गर्न खोजे मान्य नहुने बताउनुभएको छ।
धनगढी–खुटिया–बिपिनगर–दिपायल–चैनपुर उरैभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत डोटीको के.आइ.सिंह गाउँपालिकाको सलेनादेखि दिपायल सिलगढी नगरपालिका –४ राजपुरसम्मको १४ किलोमिटर ४३० मिटर सडक खण्डमा कालोपत्रेका लागि काम सुरु भएको छ ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीलाई ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरिएको छ।
नेपाल पुलिस क्लबले माल्दिभ्सको मालेमा सम्पन्न सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको छ ।
राजकुमार भट्टराईखोटाङ, असोज ६ गते। खोटाङमा २१ करोडको लागतमा सुरु गरिएको गुम्बा ६ वर्षदेखि अलपत्र छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको गुम्बा अझै जग भन्दा माथि उठ्न सकेको छैन। तत्कालीन प्रदेश नम्बर एकका मुख्यामन्त्री शेरधन राईले २०७४ माघ १९ गते शिलान्यास गर्नु भएको ‘ला ज्यालो वाङ थोप’ नामक गुम्बा जगभन्दा माथि उठ्न नसकेको हो। नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा उपभोक्ता समितिमार्फत निर्माण सुरु गरिएको गुम्बाको जगको रड खान थालेको छ। तर, काम पुनः अगाडि बढ्ने कुनै छाट्काट छैन। नगरपालिकाको क्रमागत बजेट र विभिन्न दाताको चन्दा दानबाट मध्यपहाडी लोकमार्गको छेउमा विशाल गुम्बा निर्माणको काम थालिएको थियो। करिब २१ करोडमा सम्पन्न हुने गुम्बा ६० फिट अग्लो हुने डिजाइन छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ मा विनियोजन गरेको १५ लाख र उपभोक्ता समितिको दुई लाख बराबरको जनश्रमदानबाट गुम्बाको जग खन्ने, ढुंगा सोलिङ गर्ने र पिसीसी ढलानको काम पुरा गरिएको थियो। त्यस लगत्तै प्रदेश सरकारले उपलबध गराएको करिब एक करोड र उपभोक्ता समितिको १० लाख बराबरको श्रमदानबाट गुम्बाको थप काम अघि बढाइएको थियो। गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि २०७४ वैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबिच सम्झौता पनि भएको थियो। तर क्रमागत रुपमा बजेट प्राप्त नहुँदा गुम्बाको काम ठप्प भएको गुम्बा व्यवस्थापन समितिका सचिव धनकुमार तामाङले बताउनुभयो। नुनथलाका वडाध्यक्ष भगेश्वर राईका अनुसार कतिपयले भने गुम्बाको बजेट खर्चका विषयमा प्रश्न समेत उठाएका थिए। गुम्बामा बौद्धधर्मसँग सम्बन्धित १०८ र सिठो लजोको एक सय मुर्ती राख्ने योजना छ। यस्तै, बौद्ध धर्ममा माटोको मुर्ती पबित्र हुने धार्मिक मान्यता अनुसार गुम्बामा माटोको सय वटा तथा पितल र ढलौटको मूर्ती राखिने व्यवस्थापन समितिले जनाएको छ। बौद्ध धर्मावलम्बीको जन्म, मृत्युको संस्कार गर्न, विवाह गर्न तथा बौद्ध शिक्षा दिने प्रयोजनका लागि गुम्बा निर्माण सुरु गरिएको थियो। गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मेनुका तामाङ राईले १ रोपनी ७ आना जग्गा निःशुल्क उपलव्ध गराउनुभएको हो। पर्यटकीयस्थलकारुपमा रहेको संसारीडाँडामा निर्माण हुने गुम्बाबाट सगरमाथाको दृश्यावलोकन समेत गर्न सकिने भएकाले गुम्बाका कारण आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। पर्यटकीयस्थल नुनथलाडाँडामा निर्माण हुने गुम्बाबाट नांगो आँखाले सोलुखुम्बु, ओखलढुंगाका अग्ला पर्वत तथा सगरमाथा हिमश्रृंखला समेत दृश्य अवलोकन गर्न सकिन्छ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो दुई महिना अवधिमा १८ लाख रुपियाँभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार साउन र भदौ महिनामा सो भेटी रकम सङ्कलन भएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकावासीलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको छ । धुँवामुक्त क्षेत्र बनाउने अभियानको सुरुवात गरेको गाउँपालिकाले वडा –३ लिबाङका बासिन्दालाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरेको हो ।
गँड्याैला मलको उत्पादन र बजारीकरणका लागि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा कृषि परियोजना सुरु भएको छ । रासायनिक मलको न्युनीकरण गरी ट्राइको भर्मिकम्पोष्ट मल तथा प्राङ्गारिक मल प्रयोगमा किसान, पशु कृषक तथा साना किसान कृषि सहकारीलाई जोड्ने योजनासाथ कार्यक्रम सुरु भएको हो ।
बागमती युथ क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि कठिन जित निकालेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा नेपाली पत्रकारिता जगतले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालको ५५ औँ वार्षिकोत्सवका अवसरमा आइतवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
चौबिसे गाउँपालिका –६ धाराचोकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवककोे मृत्यु भएको छ । मृत्यु हुनेमा चौबिसे गाउँपालिका –६ का ३८ वर्षीय बलबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
असोज महिनामा पनि अत्याधिक गर्मी बढेपछि मनराशिसवा नगरपालिकाले पालिकाको सम्पूर्ण विद्यालयमा बिदा दिएको छ ।
रामेछापमा डबल क्यापको बोलेरो दुर्घटना हुँदा एक जना महिला वडा सदस्यको ज्यान गएको छ । सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका –४ सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो मन्थली नगरपालिका –५ सुनारपानीस्थित भदौरे डाँडा मोडमा आइतबार दिउँसो दुर्घटना हुँदा मन्थली नगरपालिका –४ सालुकी वडा सदस्य अन्दाजी ६० वर्षीया पदममाया नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
कृषि क्षेत्रमा बढ्दै गएको रासायनिक मल तथा विषादीको प्रयोगलाई न्यूनीकरण गर्दै वातावरण तथा दिगो उत्पादन प्रणालीलाई प्रवर्द्धन गर्नका लागि पर्यावरणीय कृषि अवधारणामा आधारित परियोजनालाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्नेमा कृषि तथा सो क्षेत्रमा आवद्ध विज्ञहरुले जोड दिएका छन् ।
आइतबार बिहानदेखि अवरुद्ध धनुषाको ढल्केबर–जनकपुर सडकखण्ड सुचारु भएको छ ।