पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका १० स्थित गोरक्षेश्वर मन्दिर सडक खण्डमा ग्यास बुलेटको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ ।
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट झापाको दमकमा एक बालकको मृत्यु भएको छ । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार दमक ३ उज्यालो टोलका ७ वर्षीय शिशिर नेम्वाङको शुक्रबार साँझ मृत्यु भएको हो ।
वन कर्मचारीले धनुषाको मिथिला नगरपालिका–५, स्थित जगधर खोला वन क्षेत्रबाट तस्करीका काठसहित एक जनालाई पक्राउ गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको भदौसम्म २५ अर्ब ४० करोड ३१ लाख ४३ हजार रुपियाँ राजश्व सङ्कलन गरेको छ ।
पूर्वको पर्यटकीय क्षेत्र इलामको सूर्योदय नगरपालिका-४ स्थित श्रीअन्तुमा रहेको अन्तु पोखरी । मौसम खुलेपछि यतिबेला अन्तु क्षेत्रमा पर्यटकहरूको चाप बढ्न थालेको छ ।
संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क आइपुग्नुभएको छ ।
भरतपुर महानगर वडा नम्बर २ नारायणगढको लिलाचोकमा मोटर साइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलाहरूलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेका बताउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डल गएराति बेलायत प्रस्थान गरेको छ ।
बागलुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
सरकारी वा सार्वजनिक निकायबाट प्रवाह हुने सेवामा नागरिकको पहुँच वृद्धि गर्न सरकारी कामकाजमा मातृभाषाको प्रयोगमा जोड दिइएको छ । भाषा आयोग काठमाडौँले शुक्र
केही दिनदेखि कैलाश बसेको सहरको बाटोमा हिँड्दा पहेँलो केसरीको टीका लगाएका मानिसहरू प्रशस्त देखिन्थे ।
नेपालीहरूको महान् चाड दसैँ नजिकिने क्रमसँगै बर्दीबासमा पहिलो पटक सस्तो दसैँबजार लगाउने तयारी गरिएको छ । बर्दीबास उद्योग वाणिज्य सङ्घले बिहीबार पत्रकार सम्मेलन गरी असोज १६ देखि २५ गतेसम्म दसैँलक्षित सस्तो बजार लगाउने तयारीमा जुटेको जनाएको छ ।
गरिबलाई रुवाउने रैछ दादनी जिन्दगीभर घुमाउने रैछ फनफनी गयो घरबारी, भयो उठिबास