वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई सहजीकरण गरिदिने भन्दै बिचौलिया श्रम प्रतिनिधिले मनलाग्दी पैसा लिने गरेको गुनासो आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जलवायु परिवर्तनले नेपाललाई पारिरहेको असरबारे अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन आह्वान गरिएको छ ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम सूचीकृत भई आगामी मङ्सिर १५ गतेसम्म १८ वर्ष पुगेकाले स्थानीय तह उपनिर्वाचनमा मतदान गर्न पाउने निर्णय गरेको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस वर्षको कर्मचारी सरुवा टुङ्ग्याएको छ । भदौमा मात्र कर्मचारी सरुवा गर्ने नीति अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरुवा गर्नुपर्ने कर्मचारीको सरुवा टुङ्ग्याएको हो । मन्त्रालयले भदौको तेस्रो सातासम्म कर्मचारी सरुवाको गृहकार्य गरी भदौ २५ देखि ३१ गतेसम्म गरी एक हजार २५३ जना कर्मचारी सरुवा गरेको हो ।
दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो ।
वि.सं. २०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ ।
मिनी ट्रकमा खाँदाखाँद गरेर गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ ।
नेकपा (माओवादी केन्द्र)को प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास सङ्गठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड दिएको बताउनुभएको छ।
केही वर्ष अघिसम्म जिल्लाका दुर्गम र विकट मानिने बाँकेका पूर्वी क्षेत्रहरु अहिले हुलाकी सडकका कारण सुगम र विकसित हुन थालेका छन्।
बाँकेको पश्चिम सिमावर्ती क्षेत्रका जनताले दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्ड कालोपत्रे गर्ने योजना निर्धारित समयमा पूरा हुन नसक्दा स्थानीयले गुनासो गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्क जाने क्रममा कतारको दोहा आइपुग्नुभएको छ ।
नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ। बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ। शुभ कार्यदेखि पितृ कार्यसम्म नेपाली संस्कृतिको प्रतिक बनेको तामाको माग र कारोबार बढ्दै गए पनि भदौ दोश्रो सातादेखि यसको आपूर्ति कम हुन थालेको छ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ ।