गाजापट्टीका विभिन्न स्थानमा बिहीबार राती इजरायलले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागले संविधानको महत्व झल्कने गरि तयार पारिएका कविता, गीत र गजलहरु समावेश रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।
महोत्तरी जिल्लाको मटिहानीमा लागू औषधविरुद्धको तीनमहिने अभियान सुरुवात गरिएको छ ।
स्याङ्जाका कृषक वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेर संविधान दिवस सम्पन्न गरेको छ । असोज २, ३ र ४ गते तीन दिन विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामको प्रतिवेदन पेस गर्नुभएको हो ।
बाँकेको कोहलपुरबाट एक जना महिला छ दिनदेखि बेपत्ता हुनुभएको छ । कोहलपुर नगरपालिका –२ मनकामना टोलकी अन्दाजी ५० वर्षीया महिला पार्वती चन्द बेपत्ता हुनुभएको हो ।
उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताउनुभएको छ । शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने स्वामिकार्तिक खापर गाउँपालिकाका किसानले यो वर्ष स्याउ बिक्री गरेर एक करोडभन्दा बढी रुपियाँ आम्दानी गरेका छन् ।
जिल्लाको गुराँस गाउँपालिकाले नागरिकका गुनासो सुन्न “नमस्ते गुराँस”कार्यक्रम शुभारम्भ गरेको छ ।
कठरिया थारु समुदायको पितृपाख सुरु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोक्नुभएको छ ।