• ११ असोज २०८१, शुक्रबार

गुनासो सुन्न ‘नमस्ते गुराँस’ कार्यक्रम

blog

नमस्ते गुराँस कार्यक्रमको शुभारम्भमा मन्तव्य राख्दै मुख्यमन्त्री यामलाल कंडेल । तस्बिर : कमल शर्मा ।

कमल शर्मा 

दैलेख, असोज ४ गते । जिल्लाको गुराँस गाउँपालिकाले नागरिकका गुनासो सुन्न नमस्ते गुराँस कार्यक्रम शुभारम्भ गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा उक्त कार्यक्रम शुभारम्भ गरेको गुराँस गाउँपालिकाले जानकारी दिएको छ । 

“नमस्ते गुराँस” कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले स्थानीय तहका जनप्रतिनिधि मात्र नभई संघियता माथी गम्भिर प्रश्न उठीरहेको अबस्थामा गुराँस गाउँपालिकाले नागरिकका गुनासा सुन्ने र समाधान गर्ने उद्देश्यले उक्त कार्यक्रम शुभारम्भ गरेको भन्दै गाउँपालिकालाई धन्यबाद व्यक्त गर्नुभयो । उहाँले संविधानको मर्मबमोजीम पारदर्शिता र जवाफदेहिताको राम्रो उदाहरण बन्न नमस्ते गुराँस गुनासो व्यवस्थान प्रणालीलाई दिगो रुपमा सञ्चालन गर्न आग्रह गर्दै नागरिकको अवस्था बदल्ने गरी काम गर्नुपर्ने बताउनुभयो । 

गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले स्थानीय सरकारले प्रवाह गरेको सेवा सुविधाको प्रभावकारीताका विषयमा नागरिकले घरमै बसेर गुनासो गर्न सक्ने प्रणाली नमस्ते गुराँस गुनासो व्यवस्थान प्रणाली सुरु गरिएको बताउनुभयो । उहाँले गुराँस गाउँपालिकाको विशेष पहल र संस्थागत सुधारमार्फत न्यायमा पहुँच परियोजना–२ को प्राविधिक सहयोगमा नमस्ते गुराँस गुनासो व्यवस्थापन प्रणाली सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो गुनासो गर्न गाउँपालिकाको वेबसाइट, टोल फ्रि नं १६६०८९११००० र हर्ट लाइन नं ९८५८०३५१४४ मा फोन गर्न सकिने व्यवस्था गरिएको छ । 

अध्यक्ष बिसीले गुराँस गाउँपालिकाभित्रका जुनसुकै गुनासो भए वा सुझाव भए नमस्ते गुराँसमार्फत गुनासो गर्न सम्पूर्ण गुराँसवासी नागरिकहरुलाई आग्रह गर्दै आएका गुनसालाई तत्काल सम्बोधन गर्न आफूहरु लाग्ने बताउनुभयो । जिल्लाका अधिकांश स्थानीय तहमा नागरिकका गुनासो सम्बोधन गर्ने उद्देश्यले एप्स निर्माण गरी सञ्चालन नगरिरहेको बेला गुराँस गाउँपालिकाले लोकप्रियका नाममा मात्र उक्त कार्यक्रम सञ्चालन गर्न नहुने स्थानीयले बताएका छन् । 

गुराँस गाउँपालिका –४ खड्कवाडाका कर्णबहादुर शाहीले गुनासो ब्यबस्थापन प्रणालीमा आएको गुनासो सम्बोधन नगर्ने भए यस्ता कार्यक्रम सञ्चालन गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, गुनासोकर्ताले गुनासो गरेको कति दिनभित्र त्यसको जवाफ पाउने हो त्योसमेत उल्लेख गरिनुपर्ने बताउनुभयो ।