• ११ असोज २०८१, शुक्रबार

छ दिनदेखि महिला बेपत्ता

blog

छ दिनदेखि बेपत्ता रहनुभएकी पार्वती चन्द ।

गजेन्द्र गुरुङ

खजुरा, असोज ४ गते । बाँकेको कोहलपुरबाट एक जना महिला छ दिनदेखि बेपत्ता हुनुभएको छ । कोहलपुर नगरपालिका –२ मनकामना टोलकी अन्दाजी ५० वर्षीया महिला पार्वती चन्द बेपत्ता हुनुभएको हो ।

गत भदौ ३० गते दिउँसो १ बजेसम्म घरमै रहनुभएको र त्यसपछि सम्पर्कमा नआउनुभएको बेपत्ता महिलाकी छोरी सीता चन्दले बताउनुभयो । छोरी सीताले घरमा कोही कसैलाई कुनै जानकारी नदि घरबाट बेपत्ता हुनुभएको र जताततै खोजतलास गर्दा पनि हालसम्म फेला नपर्नुभएको बताउनुभयो ।

उहाँले बेपत्ता आमा पार्वतीको खोजतलास गरिदिन इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको बताउनुभयो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राजकुमार भट्टले भदौ ३१ गते खोजीका लागि उजुरी आएको र तत्पश्चात् बेपत्ता महिला पार्वतीको खोजतलास भइरहेको जानकारी दिनुभयो ।