इरानका राष्ट्रपति मसूद पेजेस्कियनले मङ्गलबार हिजबुल्लाह इजरायल आक्रमण विरुद्ध एक्लै खडा हुन नसक्ने बताउनुभएको छ ।
लुम्बिनी प्रदेश सरकारले तयार पारेको भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनाको मस्यौदामा ११ वटा विषयलाई प्राथमिकता दिइएको छ ।
बागलुङस्थित नेपाल टेलिकमका प्रमुख सन्तोष बरालका अनुसार कोरला नाकामा टु जी र फोर जी इन्टरनेट तथा मोबाइल फोन सेवा सञ्चालनका लागि बिटिएस टावर खडागरी मङ्गलबारदेखि सेवा प्रारम्भ भएको होे ।
गोरखामा योजनाबद्ध ढङ्गबाट सुनको सिक्री चोर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिक्री लुटपाटमा संग्लग्न गोरखाको शहिद लखन गाउँपालिका – ९ नाम्जुङका ३८ वर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका – १६ का ३७ वर्षीय शैलेश ताम्रकारलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पृथ्वी सम्पूर्ण प्राणी जगतकाे साझा घर हो । अहिलेसम्मको वैज्ञानिक खोज–अनुसन्धानबाट जीव अनुकूलनको अर्को ग्रह फेला परेको छैन ।
स्थानीय सरकारहरू सङ्घीय शासन प्रणालीका बलिया खम्बा हुन् ।
स्याङ्जाको वालिङमा मासिक रुपमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । वृद्धवृद्धा र असक्तहरुका लागि लक्षित गरी प्रत्येक महिना स्वास्थ्य शिविर सञ्चालन हुन लागेको हो ।
सङ्घीय संरचनालाई आत्मसात् गरी नयाँ संविधान जारी भएको नौ वर्ष पुग्यो ।
सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले झण्डै राष्ट्रिय सहमतिको दुई ठुला र मुख्य प्रतिस्पर्धी दलको सरकार हुनु नीजि क्षेत्रका लागि सुनौलो अवसर भएको बताउनुभएको छ ।
लेखक मोहन मैनालीको ‘मुकाम रणमैदान’ पुस्तकले २०८० सालको मदन पुरस्कार पाएको छ ।
मङ्गोलियन हार्टका गायक राजु लामाले ‘प्रेम रोग’ बोल गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ । गीतको शब्द र सङ्गीतसमेत गायक राजुकै छ ।
किरण रिजालको शब्द, शशिविक्रम थापाको सङ्गीत र कमल विष्टको स्वर रहेको ‘नजरका इशारा’ गजलको भिडियो सार्वजनिक गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा सोमबारदेखि ‘रामायण रेजोनान्सः सेलिब्रेटिङ ‘ए’ सेर्ड हेरिटेज’ शीर्षक कला प्रदर्शनी सुरु भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक मर्मतलाई तीव्रता दिँदै घटस्थापनाअघि नै खाल्डाखुल्डी पुर्न र सडक सुरक्षा बढाउन मातहतका निकायलाई निर्देशन दिइसक्नुभएको छ ।
कुवेतको जजिरा एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी कात्तिक १२ गतेदेखि नियमित उडान गर्ने भएको छ ।