कुवेतको जजिरा एयरवेजले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी कात्तिक १२ गतेदेखि नियमित उडान गर्ने भएको छ ।
‘हुनेलाई कर नहुनेलाई सहुलियत दर’ भन्ने नारालाई राष्ट्रिय मुद्दा बनाएर अभियानका रूपमा सञ्चालन गर्ने गरी राष्ट्रिय आर्थिक न्याय बैठक सम्पन्न भएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ ।
१. नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा स्पोर्टस् अवार्ड, २०८० को वर्ष खेलाडी कसलाई घोषणा गर्यो ?
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यसले देशका अधिकांश भागमा बदली भएको छ ।
१. शासनका मुख्य पात्र र तिनको भूमिका उल्लेख गर्दै नेपालले अवलम्बन गरेको शासन प्रणालीका विशेषताहरू लेख्नुहोस् ।
भारतीय केन्द्रीय बैङ्क (आरबिआई) का गभर्नर शक्तिकान्त दासले केन्द्रीय बैङ्कहरू बलियो हुँदै गएका कारण आर्थिक सङ्कटको प्रतिरक्षा गर्न सम्भव भएको बताउनुभएको छ ।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयात बढेको छ भने निर्यात खस्किएको छ ।
संविधानले स्थानीय तहलाई शासकीय अभ्यासको अधिकार प्रदान गरे पनि स्थानीय तह भने शासकीय अभ्यास कार्यान्वयन गर्नमा कमजोर बनेका छन् ।
वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट प्राप्त रकम मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई हस्तान्तरण गर्नुभएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को उपाध्यक्ष पदका लागि आवेदकमध्येबाट १३ जनाको नाम छोटो सूचीमा परेका छन् ।
सार्वजनिक यातायातमा जिपिएस प्रणाली (ग्लोबल पोजिसनिङ सिस्टम) जडान गर्ने सरकारी योजना अलपत्र छ ।
विशाल फाँटका बीच बसेको बस्ती र त्यो बस्तीलाई चारैतिरबाट घेरेको माटोको पर्खाल । वरपर सुक्खा कलात्मक पहाडले घेरिएको मुस्ताङको लोमान्थाङ ऐतिहासिक र सांस्कृतिक पर्यटकीय सम्भावना भएको गाउँ हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्ने उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभिन्न तिथिहरुमा गरिने पूजापाठ र अनुष्ठानले नागरिकबीच सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वाणी र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने भावनाले अभिप्रेरित गर्ने बताउनुभएको छ ।