सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिररया गर्न भने सक्षम हुने छैनन् ।
माध्यमिक शिक्षा परिक्षा (एसईई) को मौका परीक्षामा ८९.६८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
सुनको मूल्यमा बुधबार नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार चार सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुरमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा पछाडि सवार एकको मृत्यु भएको छ ।
मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधबार जनकपुरधाममा आयोजना गरेको मधेश प्रदेश सरकारले सय दिनको अवधिमा भएका कार्यको सार्वजनिकिकरण कार्यक्रममार्फत मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको सय दिनको कार्यहरु सार्वजनिक गर्नुभएको हो ।
इजरायल–प्यालेस्टाइन द्वन्द्व सुरु भएदेखि लेबनानमा भएको सबैभन्दा ठूलो इजरायली हवाई आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५५८ पुगेको छ । एक हजार ६४५ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४' यही असोज १० गते काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुड ल्यान्डमा सञ्चालन हुने भएको छ ।
बाजुरा जिल्लामा विगतका वर्षमा दसैँतिहारका बेला जिल्लामा खाद्यान्नको अभाव हुँदै आएको भए पनि यो वर्ष भने दसैँतिहारमा खाद्यान्न अभाव नहुने भएको छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ ।
बारीमा मकै लगायो, जङ्गली बँदेलले खाइदिने । मकै जोगाउन पहरा बस्दा वा खेतबारीको कामले बाहिर निस्कँदा मानिसलाई नै बाघ (चितुवा) ले खान थालेपछि विशालपुरवासी जीविकोपार्जनका लागि वैकल्पिक रुपमा बेसार खेती गर्न थालेका छन् ।
कैलालीको धनगढीमा चाडपर्वलक्षित सुपथ मूल्यको सहुलियत पसल सञ्चालन गरिएको छ ।
यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८ लाख मानिसले काठमाडौँबाट बाहिरिने अनुमान रहेको जनाएको छ । यो अघिल्लो वर्षको तुनामा धेरै हो । अघिल्लो वर्ष करिब १३ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिएका थिए ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्व सामु ठुलो चुनौतीका रूपमा देखापरेको जलवायु सङ्कटले नयाँ र गम्भीर चुनौती थपिँदै गएको बताउनुभएको छ । उहाँले
जिल्लाको भगवतीमाई गाउँपालिका–२ का ६३ वर्षीय प्रभाखर जैसीले आफ्नो बारीमा स्थानीय जातको मकैको बिउ लगाउँदा तीन मुरी उत्पादन हुन्थ्यो ।
घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडामा रहेको गगटे तालमा स्थानीय वेदबहादुर ओलीले मोटरबोट सञ्चालन गरेसँगै स्थानीयको आम्दानी बढेको छ ।