सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–५ मा निर्माणाधीन सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस) को अवलोकन गर्नुभएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउन यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनुभएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताउनुभएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्र अगाडि लाग्नुपर्ने र सरकारले पछाडिबाट सहयोग गर्नुपर्ने बताउनुभएको छ।
गृहमन्त्री रमेश लेखकले पोखरामा रहेको पुरानो विमानस्थल क्षेत्र भित्र निर्माण गरिएको आपत्कालीन गोदाम घरको भर्चुअल माध्यमबाट बुधबार उद्घाटन गर्नुभएको छ।
फुटबल मैदान उपलब्ध गराउन पहल गरिदिनको लागि बाँके जिल्ला फुटबल सङ्घले सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएको छ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा रहेको हेलिप्याडमा ढुङ्गा र निलो झण्डा गाडेर सामागाउँका स्थानीयवासीले हेलिकप्टर ल्याण्ड गर्न नदिएर अवरोध गरेका छन् ।
धितोपत्र बजारमा बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ४९ दशमलव १८ अङ्कले बढेको छ।
सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले झण्डै राष्ट्रिय सहमतिको दुई ठुला र मुख्य प्रतिस्पर्धी दलको सरकार हुनु निजी क्षेत्रको लागि सुनौलो अवसर भएको बताउनुभएको छ ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतको समीकरणमा सरकार बनाएको बताउनुभएको छ।
पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि इलाममा खोरेत रोग विरुद्ध खोप अभियान थालिएको छ ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्नुभएको छ ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिकाले एक वर्षमा छ करोड बेरुजु निकालेको पाइएको छ ।
कारागार कार्यालय गुल्मीलाई सुधारगृहको रुपमा विकास गर्न थालिएको छ ।