नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक अनेकन धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको उल्लेख गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र फिनल्ययान्डका राष्ट्रपति अलेक्जेण्डर स्टबबीच आज भेटवार्ता भएको छ ।
एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण भएको २७०.३ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने भएको छ ।
टर्कीले एसिया र युरोपलाई जोडन पुल निमार्ण गरेर रेलमार्ग यातायातको लागि विश्वव्यापी हबकोरुपमा स्थापित गर्ने लक्ष्य राखेको टर्की यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले बताउनुभएको छ ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
भारतको मध्य प्रदेशको दमोह जिल्लामा मङ्गलबार साँझ ट्रकले अटोरिक्शालाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयता कार्यान्वयनपछि मुलुक शिक्षा र स्वास्थ्यमा क्रमशः आत्मनिर्भर बन्दै गएको बताउनु भएको छ।
निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आज सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखलाई उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
चाडपर्वलाई लक्षित गरी पालिएका च्याङ्ग्रा मुस्ताङबाट पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
तायात व्यवस्था विभागका निर्देशक एवम् प्रवक्ता ईश्वरी दत्त पनेरुका अनुसार दशैं, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यका बाहिर जाने र बाहिरका जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यात्रुहरुको यात्रालाई सहज र सुरक्षित बनाउनका लागि मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन सरकारले सबै प्रयासहरू अगाडि बढाएको बताउनुभएको छ ।
बैङ्किङ कसुर र सहकारी ठगीको मुद्दामा मिलापत्रको लागि बाटो खुला भएको छ। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत महान्यायाधिवक्ता रमेश बडालले पीडितलाई रकम फिर्ता गरेर मिलापत्र गर्न सकिने जानकारी दिनुभएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको भेन्टिलेसन काटेर फरार भएका सबै जना पक्राउ परेका छन्। सोमबार बिहान ४ बजेको समयमा हिरासत कक्षको भेन्टिलेसन काटेर नौ जना थुनुवा फरार भएका थिए।
दसैँका लागि आउँदो शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिने निर्णय भएको छ ।