झुट्टो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा संलग्न चार जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
तनहुँको भानु नगरपालिका–२ नारेश्वरटार नजिकै मङ्गलबार बिहान पुरुषको शव फेला परेको छ ।
बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठुलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् ।
न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र यसले प्रशान्त महासागरको पिँधमा एक माइलभन्दा तल सिकार खोज्दछ ।
तनहुँ जलविद्युत आयोजनाले कृषकहरूलाई मौरीपालनमार्फत् आत्मनिर्भर गराउने उद्देश्यले निःशुल्क मौरी र घार वितरण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बुढानिलकण्ठ सडकको अवस्थाबारे जानकारी लिनुभएको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रमा सुधारको प्रारम्भिक सङ्केत देखिए पनि अझै केही क्षेत्रमा सुधारको पहल आवश्यक रहेको जनाएको छ ।
कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको छ ।
निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।
नागरिक उन्मुक्ति पार्टीले आफ्नो दुई प्रदेश सभा सदस्यको कारबाही फुकुवा गरेको छ ।
विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् ।
जिल्ला प्रशासन नवलपुरले चाडपर्वलाई लक्षित गरी संयुक्त सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।
बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्व नेताहरूले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो वार्षिक बैठक सुरु गर्दैछन् ।
सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्कनुभएको छ ।
टर्कीको उत्तरपश्चिमी प्रान्त बुर्सामा एक प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।