चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख १७ हजार ६९ जना पुगेको छ ।
असोज १० र ११ गते परेको अविरल वर्षाका कारण कृषि क्षेत्रमा पाँच अर्ब ८३ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।
प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत र पुनस्र्थापनाका लागि सहयोग गर्ने क्रम सुरु भएको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब रुपियाँ जम्मा गर्ने निर्णय गरको थियो ।
सर्वोच्च अदालत प्रशासनका तर्फबाट दायर भएको नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्धको अवहेलना मुद्दामा कात्तिक १ गते सुनुवाइ हुने भएको छ ।
इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि चीनले मङ्गलबार ‘लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन’ को विरोध गर्ने बताएको छ ।
जापानका नयाँ प्रधानमन्त्री शिगेरु इशिबाले मङ्गलबार उहाँको मुलुकले दोस्रो विश्वयुद्धपछिको युगमा ‘सबैभन्दा गम्भीर’ क्षेत्रीय सुरक्षा स्थितिको सामना गरिरहेको बताउनुभएको छ । यद्यपि उहाँले कुनै विशेष खतराको नाम उल्लेख गर्नुभएन ।
राष्ट्रिय महिला आयोगले हालैको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानबाट पीडित महिला, बालबालिका तथा जोखिमपूर्ण समुदायको संरक्षणमा जिम्मेवार निकायको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ।
मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।
बाढी, पहिरोका कारण काभ्रेपलाञ्चोक जिल्लामा भएको क्षतिको पुनर्निर्माण, पुनर्स्थापनाको लागि तीनै तहको सरकारलाई तत्काल काम अघि बढाउन अनुरोध गरिने भएको छ।
मेची राजमार्गको इलाम फिदिम सडकखण्ड अझै सञ्चालन हुन सकेको छैन ।
नेपाली कांग्रेसले बाढीपहिरोका कारण बिच बाटोमा अलपत्र परेका यात्रुको यथाशीघ्र उद्धार गर्न आग्रह गरेको छ।
जिल्ला अदालत बागलुङले सहकारी ठगी आरोपमा पक्राउ पर्नुभएका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
चार दिनदेखि अन्धकार रहेको ताप्लेजुङ जिल्लामा विद्युत आपूर्ति सुचारु भएको छ। शनिबार रातिदेखि अवरुद्ध बनेको विद्युत सेवा मङ्गलबार दिउँसो ४ः४० बजेपछिबाट सुचारु भएको हो।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विपद्को बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवम् सदस्यलाई आग्रह गरेको छ ।