वर्षायाममा धमिलो र हिउँदमा डोकोमा गाग्री बोकेर जरुवा कुवा खोज्दै हिँड्नुपर्ने बाध्यता खेपिरहेका केराबारीवासीले शुद्ध पिउने पानी पिउन पाउने भएका छन् । एसियाली विकास बैङ्कको
विपत् व्यवस्थापनमा कानुन बाधक नरहेको भन्दै मधेश प्रदेश सभा सदस्यले बाढी प्रकोप र कुनै पनि विपत्को व्यवस्थापनमा तिनै तहका सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् । मधेश प्रदेशको गृह, सञ्चार
ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले २० हजार रुपियाँ जरिवाना गरेको छ ।
सरकारले लेबनानमा रहेका नेपालीहरुलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । इजलायलसागको युद्ध चर्किएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै लेबनानमा अधिकतम सतर्कता र सचेतना अपनाउन नेपाली नागरिकहरुलाई अनुरोध गरेको हो ।
६२ जनाको ज्यान जाने गरी पहिरोले बस सोहोरेकोे स्थान चितवनको सिमलतालमा मर्मत सुरु भएको छ । ग्रामीण सडक निर्माणका व्रmममा फोहोर झारेर अड्किएपछि वर्षा हुँदा एकै पटक झरेर दु
कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गए राति १२ बजेदेखि अन्त्य भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गए राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको हो ।
गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र र स्थानीय तहहरुलाई निर्देशन दिनुभएको छ ।
हरिनास गाउँपालिका –४ बाङ्गेश्वारामा घनले टाउकोमा प्रहार गरी एक जनाको हत्या भएको छ । घन प्रहार गरी हत्या गरेको अभियोगमा मङ्गलबार प्रहरीले स्थानीय ३२ वर्षीय सुरेश थापालाई नियन्त्रणमा लिएको छ ।
नेपाली हिन्दु धर्मावलम्बीको ठूलो चाड दसैँ नजिकिएको छ । दसैँ नजिकिएसँगै पहाडका ग्रामीण क्षेत्रका गाउँबस्तीहरुमा घर सिँगार्ने काम सुरु भएको छ ।
चाडबाड नजिकिएसँगै नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरेको छ । खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको भन्दै जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन सुरु गरेको हो ।
प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५, रातमाटेबाट मकवानपुर प्रहरीले बिलबिजक नभएको ६७ लाखको सुनसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीले मङ्गलबार प्रहरी चेकपोस्टअगाडिबाट ४९० ग्राम ८८० मिलिग्राम अवैध सुनसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
नियम अनुसार नचलेका सहकारीलाई बाँकेको राप्तीसोनारी गाउँपालिकाले कारबाही गर्ने भएको छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले कागजी रुपमा मात्र सिमित रहेर बसेका सहकारीलाई कारबाहीको प्रक्रिया सुरु गरिएको बताउनुभयो ।
जानकी गाउँपालिकाले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिएको छ । चाडपर्वको समयमा अखाद्य वस्तुको विगविगी र बजार महँगो भएको जनगुनासो बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बजार अनुगमन सुरु गरेको हो ।