• २० असोज २०८१, आइतबार

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य

blog

कर्णाली प्रदेशसभा । फाइल तस्बिर

कर्णाली, असोज १६ गते । कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गए राति १२ बजेदेखि अन्त्य भएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम कर्णाली प्रदेशसभाको चौथो अधिवेशन गए राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको हो । अधिवेशनका क्रममा ३३ बैठक भएका थिए ।

अधिवेशन अन्त्यका लागि बसेको सभाको बैठकमा मुख्यमन्त्री यामलला कँडेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सबै निकाय प्रतिबद्धतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । रासस