बङ्गालको खाडीबाट आएको मनसुनले भारतीय क्षेत्रमा वर्षा भइरहेको र त्यसैको प्रभावले पूर्वी नेपालको विभिन्न स्थानमा छिटपुट वर्षा भएको जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले घटस्थापनादेखि पूर्णिमाको दिनसम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाढी, पहिरो र डुबानमा परी पीडित भएकालाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
कर्णालीले ललितपुरमाथि २५–२२, २५–२२, २९–२७ को जित निकालेको थियो ।
‘एच ५ एन १’ वर्डफ्लू भाइरस सङ्क्रमणका कारण दक्षिण भियतनामको चिडियाखानामा ४७ बाघ, ३ वटा सिंह र एक प्यान्थरको मृत्यु भएको सरकारी मिडियाले बुधबार जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विपद्जन्य अवस्थाले केही दिन तरकारी अभाव देखिए पनि दैनिक उपभोग्य वस्तुको बजारमा अभाव नरहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ।
श्रीलङ्काको कोलम्बोमा असोज २० देखि २६ गतेसम्म सञ्चालन हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।
असोज १० देखि १२ गतेसम्म परेको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् ।
इलामको माइ नगरपालिकाका ३२ वर्षीय दुर्गेश भनिने दुर्गाबहादुर भट्टराईलाई जिल्ला अदालत इलामले १२ वर्ष कैद सजाय सुनाएको छ ।
नवलपुर प्रहरीले दसैँ, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी सार्वजनिक बसमा यात्रु बनेर अनुगमन गर्ने भएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी, पहिरो तथा डुवानबाट प्रभावित, पीडित परिवारको राहतका लागि एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले न्यायपालिका समावेशी हुननसकेको बताउनुभएको छ।
सुनसरीकाे इनरुवा नगरपालिका ४ का बाढीपीडित १० परिवारले आठ दिनदेखि भोकभोकै बसेको गुनासो गरेका छन्।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले असोज ११ र १२ गते आएको विपद्का कारण ६ अर्ब रुपियाँ बराबरको बालीनालीमा नोक्सानी भएको बताउनुभएको छ ।