नेपालगन्जमा लामो समयदेखि प्रमुख समस्याको रुपमा रहेको छाडा चौपायाबाट हुने दुर्घटना रोक्न चौपायाको घाँटीमा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाउन सुरु गरिएको छ ।
तामाकोशीले कटान गरेको मन्थली नगरपालिका –८ चिसापानीस्थित करमबोट पारीको सडक मर्मत गरिएको छ ।
नेकपा (एमाले) लहान नगरकमिटीले १६ बुँदे मागहरु राखी लहान नगरप्रमुख महेशप्रसाद चौधरीलाई ज्ञापनपत्र बुझाएको छ ।
बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपतिमा पाल्पाका डा. प्रदीप ज्ञवालीलाई नियुक्त गरेको छ ।
लुम्बिनी प्रदेशमा १५ लाखभन्दा बढी सर्वसाधारणले बिमा गरेका छन् ।
कोशी प्रदेशका नौ जिल्लामा बाढीको जोखिम रहेको जल तथा मौसमविज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
भदौ मसान्तसम्म यस जिल्लाका सङ्क्रमितरुमध्ये २०४ जनाले गुल्मी अस्पताल अन्तर्गत रहेको एचआइभी तथा एड्स एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) सेन्टरबाट एचआइभी प्रतिरोधात्मक औषधी सेवन गर्नुभएको एआरटी फोकल पर्सन पुष्कर घिमिरे जानकारी दिनुभयो ।
हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित प्रसिद्ध राजदेवी मन्दिरलाई विशेष रूपमा सिङ्गार्न थालिएको छ ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण शनिबार बामगती नदीमा आएको बाढीका कारण बामगती करिडोर अहिले पनि हिलाम्मे छ । शनिबार बिहानसम्म बाढी बामगती करिडोर छिचोलेर बस्तीमा पसेपछि ठूलो क्षति भएको छ ।
रामेछाप सदरमुकाम मन्थली–चरिकोट–काठमाडौँ सडक बुधबार साँझसम्म खुल्ने भएको छ । गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँगै तामाकोशीमा आएको बाढीले यो सडक खण्डअन्तर्गत दोलखाको किर्नेमा अन्दाजी ४०० मिटर सडक पूर्णरूपमा कटान गरेको छ । जसका कारण सडक पूर्णरूपमा बन्द भएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका१५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार काठमाडौँ–नौबिसे–दामन–हेटौँडा सडक सुचारु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबारदेखि बागमती, कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा रहेका ९० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । ३४ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा मङ्गलबार नगरस्तरीय ज्येष्ठ नागरिक मञ्च मुसीकोटले यहाँका १३ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।
पछिल्लो समयको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण बिपी राजमार्गसहित १२ वटा सडक पूर्णरुपमा अवरुद्ध छन् ।