क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ सिटीमा बुधबार राति भएको खेलमा नेपालले ५६ रनको जित हात पारेको हो ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । हिन्दुधर्मालम्वीहरुले पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित दो
इरानले पहिलो पटक हाइपरसोनिक मिसाइलसहित इजरायलमा दुई सय वटा क्षेप्यास्त्र प्रहार गरेको छ । मङ्गलबार राति इरानले क्षेप्यास्त्र प्रहार गरेसँगै मध्यपूर्वमा थप तनाव बढेको छ ।
बेलायती सरकारले बुधबार इरानले इजरायलमाथि मिसाइलहरु प्रहार गरेपछि बेलायती सशस्त्र बलहरुले ‘थप प्रहार रोक्ने प्रयासमा आफ्नो भूमिका निभाएको’ बताएको छ ।
सरकारको डिजिटल पहलहरुसँगै भारतको वित्तीय परिवेश पछिल्ला केही वर्षहरूमा आमूल परिवर्तनबाट गुज्रेको छ ।
बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपदमा परेर ज्यान गुमाएका मृतकका परिवारलाई बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका केही मृतकका परिवारलाई आर्थिक सहायता बापत राहत रकम हस्तान्तरण गरिएको छ ।
ह्वाट्सएपले नयाँ अपडेटको घोषणा गरेको छ । यसले प्रयोगकर्ताहरूलाई भिडियो कल गर्दा फिल्टरहरू थप्न वा आफ्नो पृष्ठभूमि लुकाउन अनुमति दिन्छ ।
१५५ औं गान्धी जयन्ती र अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा यहाँ आयोजित प्रवचन कार्यक्रममा वक्ताहरुले शान्तिका लागि गान्धीका विचार सान्दर्भिक रहेको बताउनु भएको छ ।
अखिल क्रान्तिकारीको असोज १० गतेबाट जारी २३ औं राष्ट्रिय सम्मेलन स्थगित भएको छ। सम्मेलनको अध्यक्ष मण्डलका अध्यक्ष बीरबहादुर थापाका अनुसार असोज ११ र १२ गते भएको भीषण वर्षाका कारण बन्दसत्र एक दिनको लागि स्थगित भइ पुनः सुचारु भएको थियो।
पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ औपन्यासिक कृति ‘सिमसारा’ सार्वजनिक भएको छ।
दसैँको मुखमा आएर अखाद्य बिक्री गरेर उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने कोहलपुरका तीन वटा व्यावसायिक फर्मलाई बजार अनुगमन समितिले ८० हजार रुपियाँ जरिवाना तिराएर कारबाही गरेको छ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग मानवताको साझा हित तथा सबैको समृद्धिका लागि जिम्मेवार र मर्यादित रूपमा गरिनुपर्ने बताउनुभएको छ।
सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइने बताउनुभएको छ ।
संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ।