• २७ असोज २०८१, आइतबार

शान्तिका लागि गान्धीका विचार सान्दर्भिक

blog

काठमाडौं, असोज १६ गते । १५५ औं गान्धी जयन्ती र अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा यहाँ आयोजित प्रवचन कार्यक्रममा वक्ताहरुले शान्तिका लागि गान्धीका विचार सान्दर्भिक रहेको बताउनु भएको छ । 

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले गान्धी बिचारलार्इ विद्यार्थी, युवा र आम मानवले जीवन शैली बनाउन सके पृथ्वीमा युद्धको अन्त्य हुनेछ भन्नुभयो । 

कार्यक्रम संयोजक कवीर शर्माले गान्धीजीले देखाएको अहिंसा, सत्य, सामाजिक न्याय, सरलता आत्मनिर्भरताको धार्मिक सहिष्णुताको  बाटो नेपाली राजनीतिको साधन हो भन्नुभयो ।

नेपालस्थित भारतीय राजदूतवासका द्वितीय सचिव बशिष्ट नन्दन,नेपाल भारत मानव विकास एवं मैत्री संघका सूर्य भूषाल, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, गान्धी ग्लोबल फेमेली नेपालको तर्फबाट पार्वती भण्डारी, गान्धी आदर्श विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गयाप्रसाद उपाध्यायलगायतले मन्तव्य राख्नु भएको थियो । 

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नंं.२ का क्षेत्रीय सभापति कवीर शर्माको संयोजकत्वमा कागेश्वरी मनोहरा नगरपालिका, गान्धी आदर्श माध्यमिक विद्यालय,नेपाल भारत मानव विकास एवं मैत्री संघ र गान्धी ग्लोबल फेमेली नेपालको संयुक्त आयोजनामा गान्धी आदर्श विद्यालयको सभाहलमा कार्यक्रम आयोजना गरिएको थियो ।