नेपाल विद्युत प्राधिकरण नवलपुर शाखाले असोज ११ र १२ गतेको बाढी पहिरोले विद्युतमा ठुलो क्षति पुगेको जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान गर्नुभएको छ ।
गत बिहीबार, शुक्रबार र शनिबार परेको अविरल वर्षासँग आएको बाढीका कारण रामेछापको राजधानी काठमाडौँसँग सम्बन्ध टुटेको छ ।
रक्षामन्त्री मानवीर राईले विपद् परेको स्थानको समयमै पहिचान गर्न नसक्दा मानवीय क्षति भएको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ रोशीस्थित कोलाँती बजारमा शनिबार रोशी खोलाको बाढीले जगसहित पल्टाएको साढे दुईतले घर । खोला किनारमा अवस्थित यो बजारका करिब दर्जन घर–पसल बाढीले बगाएपछि हाल बगरमा परिणत भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहलमा चार हजार ३३१ जनाको बाढीपहिरो र डुबानमा परेकालाई उद्धार गरेको बताउनुभएको छ।
गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताउनुभएको छ ।
केही दिनअघिको अविरल वर्षाले नारायणी नदी उर्लिएर आयो । नारायणी नदीको जलसतह निकै माथि उक्लियो । तर पनि भरतपुर महानगरभित्र पर्ने अधिकांश नदी किनार क्षेत्रका तटबन्ध नदीले तोड्न सकेन ।
असोज ११ र १२ गतेको काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा गएको बाढीपहिरो र डुबानले २१ जिल्ला प्रभावित भएका छन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सङ्कटको घडीमा राष्ट्रिय एकता कायम गरेर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । मङ्गलबार ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष प्रचण्डले सो आग्रह गर्नुभएको हो ।
मनाङका चार वटै पालिकामा एक दशकयता टनेलखेतीको अभ्यास हुँदै आएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सो बैंकको सञ्चालक समितिका अध्यक्ष दीलिपकुमार ढुङ्गानाले मङ्गलबार सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
हेल्थ असिस्टेन्ट सङ्घ नेपालको मधेश प्रदेश समितिले स्वास्थ्य सेवा प्रणाली ध्वस्त हुन नदिन अनुरोध गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएको छ ।
थाइल्यान्डमा ४४ जना विद्यार्थी र शिक्षक बोकेको विद्यालयको बसमा मङ्गलबार आगलागी भएको छ । अधिकारीहरूले बसमा सवार २५ जनाको मृत्यु भएको आशङ्का व्यक्त गरेका छन् ।
भिल्लारियल स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा भिल्लरियलले लास पाल्मासलाई ३–१ गोलले हरायो ।