पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दाउन्नेमा भासिएको सडक मङ्गलबार रातभर बन्द गरेर मर्मत गरिने भएको छ ।
यो वर्ष किसानले चाडवाड अगावै उखुको अनुदान रकम पाउने भएका छन् । यसपटक समयमै रकम निकासा भएकाले दसैँ अगावै किसानको खातामा रकम जम्मा हुने गरी अनुदान पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) महोत्तरीले जनाएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडबाड र विपद्का बेला नागरिकलाई सहज सेवा दिन पोखरामा सञ्चालित एयरलाइन्स कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नदी सभ्यतामा आधारित व्यवस्थित, आधुनिक र हरित सहर निर्माण गर्न एकीकृत मापदण्ड लागू गरिने बताउनु भएको छ ।
बढ्दो द्वन्द्व र अशान्तिका बिच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आह्वान गरेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्ज, बाँकेले १२ लाखभन्दा बढी मूल्य बराबरको अवैध मोबाइल डिस्प्ले बरामद गरेको छ । भन्सार छलेर ल्याएको सो डिस्प्ले वडा प्रहरीले बरामद गरेको हो ।
जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका नेता शिगेरू इसिबाले मङ्गलबार संसदको दुबै सदनबाट बहुमत प्राप्त गर्दै औपचारिक रुपमा जापनको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले बाढीपहिराेमा परी देशभर २१८ जनाको मृत्यु, २७ बेपत्ता र १४३ जना घाइते भएका जानकारी दिँदै विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको स्पष्ट पार्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको निर्देशन विशेष पहलपछि सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरू सहमत भएका छन् ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चन्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन् ।
नेकपा (एमाले) को मङ्गलबार बसेको सचिवालय बैठकले ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिकरुपमा एक अर्ब रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक राजधानीको एक होटलमा सुरु भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अयन्त्र आयोजना गरिएको हो ।
नेकपा एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा सङ्घ नेपाल सुन्दरहरैँचा नगर समिति मोरङको आयोजनामा विराटचोकमा कोशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको छ ।
ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेश प्रदेश, बागमती र गण्डकीसम्म देखिने जनाइएको छ ।
धरान उपमहानगरपालिका लगायत कोशी प्रदेशभरी चाडपर्व लक्षित सुरक्षा योजना भईरहेको कोशी प्रदेशका प्रहरी वरिष्ठ उपरिक्षक भीम बहादुर दाहालले बताउनुभयो ।