पहिरोका कारण कालीगण्डकी करिडोरको बाटो अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर अर्बेनी सडक खण्डको लत्रेमा सडकमाथिबाट ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका २१ लाख बढीका सामान बरामद गरेको छ ।
पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ ।
विगतका वर्षहरूमा जस्तै दसैँमा नयाँ नोट साट्न यस वर्ष नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सट्टा गर्न नपाइने तर बैङ्क तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि अन्य खुद्रा र पुराना सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।
ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्ने उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताउनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,२०८१ को शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
झिसमिसेमै उठ्यो, पिठ्युँमा स्याउको डोको, पटुकामा सुक्का रोटी बोकेर छायाँनाथ रारा नगरपालिका वडा नं १० घट् लेख गाउँकी सरिता सेजुवाल सदरमुकाम गमगढी बजारमा बारीको स्याउ बिक्री गर्नलाई दैनिक सदरमुकाम गमगढी बजारमा ओर्लिन्छिन् ।
मन उच्चाट छ आज उसको । समय कटाउन र आवश्यक सूचना लिने विचारले खाना खानासाथ पुरानो साथी सरोजको घर पुग्यो ऊ । मध्याह्नको समय थियो । बाह्र बजेको घाम निकै चर्को, भत्भती पोल्ने !
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्गको काम सम्पन्न भएको खण्डको जिम्मा लिने निकाय नहुँदा मर्मत तथा रेखदेखमा समस्या भएको छ ।
अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँस्थित देवघाटधाम चपेटामा परेको छ ।
असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति सरकारले राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शोक घोषणा गर्दै तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारले जनभावना अनुरूप प्रभावकारी रूपमा सञ्चालन गरी ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को सोचलाई मूर्त रूप दिने सङ्कल्पसहित साझा कार्यक्रम बनाएको छ ।
रघुगङ्गा गाउँपालिकाको दुर्गम गाउँ कुइनेमङ्गले जोड्ने सडक एक सय दिन पछि खुलेको छ ।
नेपाल कम्युनिष्ट पार्टी [एमाले]को सचिवालय बैठक आज बस्दैछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बिहान ११ः०० बजे सचिवालय बैठक बस्न लागिएको जानकारी दिनुभयो ।
इलाका प्रशासन कार्यालय वालिङको भवन निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका दातालाई सम्मानित गरिएको छ ।