• १५ असोज २०८१, मङ्गलबार

ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्छ: उपराष्ट्रपति यादव

blog

काठमाडौँ, असोज १५ गते । ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्ने उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताउनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,२०८१ को शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले विश्वभरका ज्येष्ठ नागरिकहरूको योगदानलाई सम्मान र मान्यता प्रदान गर्न समर्पित अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकहरूमा सुख, सुस्वास्थ्य, दीर्घायु एवं सम्मानित जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

सन्देशमा ज्येष्ठ नागरिकले आफ्नो जीवनमा गरेका सेवा, प्राप्त उपलब्धि र समर्पणको कदर गर्न यो दिवसलाई हामीले एउटा अवसरका रूपमा लिन सक्नुपर्ने उल्लेख छ ।