नेपाल याातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दसैँको बुकिङ नै बन्द गर्न लागिएको बताउनुहुन्छ । यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उहाँले बताउनुभयो ।
वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैँको मुखमा यात्रा कष्टकर बनेको छ । दसैँका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन् ।
अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीले अवरुद्ध बनाएको बिपी राजमार्गमा अड्किएका सवारीसाधन पास गर्न तथा यातायात सेवा सुचारु गराउन काभ्रेपलाञ्चोकको भकुण्डेबेशी र सिन्धुलीको नेपालथोकबाट सडक मर्मतको काम गरिने भएको छ ।
भारत प्रशासित कश्मीरमा मङ्गलबार विधानसभा निर्वाचनअन्तर्गत तेस्रो एवम् अन्तिम चरणको मतदान सुरु भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारद्वारा सन् २०१९ मा जम्मु–कस्मिरको विशेष दर्जा हटाइयो र केन्द्र शासित दुई प्रदेश सिर्जना गरिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज अपराह्न ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।
सङ्घीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ आउने मुख्य सडकमार्ग अवरुद्ध छन् ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल गण्डकी प्रदेशले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीलाई सात बुँदे माग बुझाएको छ ।
वर्षाजन्य विपदमा परी ललितपुरमा मृत्यु भएका थप छ जनाको शव फेला परेको नेपाल प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले आज दिनुभएको जानकारी अनुसार विपत्तीको खोज तथा उद्धारका क्रममा सोमबारसम्म ३४ जनाको र मङ्गलबार बिहानसम्म छ जना गरी हालसम्म ४० जनाको शव फेला परेको हो ।
नवलपुरमा डेंगुको सङ्क्रमण दिनदिनै बढ्दो छ । हालसम्म जिल्लामा डेंगुबाट एकसय ५८ जना सङ्क्रमित भएका र एक जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
पहिरोका कारण कालीगण्डकी करिडोरको बाटो अवरुद्ध भएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकाको हर्मिचौर अर्बेनी सडक खण्डको लत्रेमा सडकमाथिबाट ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याएका २१ लाख बढीका सामान बरामद गरेको छ ।
पश्चिम नवलपरासीको दाउन्नेमा भासिएकोको सडक एकतर्फी खुलेको छ ।
विगतका वर्षहरूमा जस्तै दसैँमा नयाँ नोट साट्न यस वर्ष नपाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले नयाँ नोट सट्टा गर्न नपाइने तर बैङ्क तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि अन्य खुद्रा र पुराना सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ ।
ज्येष्ठ नागरिकले समाजलाई प्रोत्साहन गर्ने उपराष्ट्रपति रामसहाय प्रसाद यादवले बताउनुभएको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस,२०८१ को शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।