• १५ असोज २०८१, मङ्गलबार

प्रधानमन्त्री ओलीले आज पत्रकार सम्मेलन गर्नुहुँदै

blog

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ, असोज १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार पत्रकार सम्मेलन गर्ने हुनुभएको छ । आज अपराह्न ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने सचिवालयले जनाएको छ ।

अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै स्वदेश फर्किनुभएको थियो । यसलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो । बैठकले विपतमा निधन भएका परिवारका सदस्यलाई कार्यविधि अनुसार जनही दुई लाखका दरले सहायता उपलब्ध गराउने निर्णय गरेको थियो ।

यसैगरी, प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब राहतकोषमा जम्मा गर्ने र आजबाट तीन दिन राष्ट्रिय शोक घोषणासहित राष्ट्रिय झण्डै आधा झुकाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।