• १५ असोज २०८१, मङ्गलबार

सरकारी राहत कोषमा ५० लाख सहयोग गर्ने एमालेको निर्णय

blog

मङ्गलबार बसेको नेकपा (एमाले) को सचिवालय बैठक । तस्विरः प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, असोज १५ गते । नेकपा (एमाले) को मङ्गलबार बसेको सचिवालय बैठकले ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

एमालेको सचिवालय बैठक लगत्तै अहिले सिंहदरबारमा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाको काममा लाग्न आह्वान गर्नुभएको छ ।