धनकुटा नगरपालिकाले एभोकाडो तथा स्थानीय उत्पादनको प्रदर्शनी आयोजना गरेको छ ।
धरान उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको देवीगाउँ पत्रङबारी–हर्दिया हुँदै धनकुटा र मोरङ जिल्ला जोड्ने बाटो पाँच वर्षदेखि अलपत्र परेकोले अनुगमन गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक कालदेखि नै नेपाली जनताको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग सामीप्य रहँदै आइरहेको नेपाल संवत् हाम्रो देश नेपालको राष्ट्रिय र मौलिक संवत् भएको बताउनु भएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ ।
खानेपानीमन्त्री प्रदीप यादवले मन्त्रालयले काम गर्न कानुनमा सुधार आवश्यक रहेको बताउनुभएको छ। मंगलबार खाने पानी तथा ढल व्यवस्थापन विभागको ५३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । मङ्गलबार नेप्से परिसूचक ५१ दशमलव ११ अङ्कले घटेर दुई हजार सात सय दुई दशमलव ६५ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ८५ प्रतिशतको गिरावट हो ।
निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।
गोरखाको बारपाकमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले ‘टुर दी बाँके नेसनल पार्क’ साइकल यात्रा आयोजना गर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लिन जोनटनले मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले यु–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई ‘फेस अफ बोल्ट्स’ घोषणा गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र विश्व खाद्य सङ्गठन (एफएओ)का प्रतिनिधि केन शिमिजुबिच भेटवार्ता भएको छ ।
प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धितालसहितको कार्यसमिति सर्वसम्मत चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा मदन अधिकारी, सचिवमा सन्दीप पौडेल, उपसचिवमा कृष्ण पराजुली र विमला कार्की चयन हुनुभएको छ । शनिबार भएको प्रवासी नेपाली मञ्च क्यानडाको चौथो अधिवेशनले सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन मण्डलका सचिव रबिन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल कोशी प्रदेश कार्यालय, विराटनगरले गाउँपालिका महासङ्घ कोशी प्रदेशलाई अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सुनिश्चितता गर्न माग गर्दै पैरवी पत्र बुझाएको छ ।
नेपाल सरकार र सङ्घीय गणतन्त्र जर्मनी सरकारबिच विद्युत वितरण सुदृढीकरण कार्यक्रम कार्यान्वयन गर्न अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको छ ।