भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि सरकारले अध्ययन गरिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको बाकुबाट मंगलबार स्वदेश फिर्ता हुनुभएको छ। प्रमुख स्वकीय सचिव लेकक्रिम शाहका अनुसार उहाँ मंगलबार स्वदेश फर्किनुभएको हो।
चिनियाँ जनमुक्ति सेनाको पश्चिमी कमान्डले नोभेम्बरको अन्त्यदेखि डिसेम्बरको मध्यसम्म संयुक्त आतङ्कवाद विरोधी अभ्यासमा भाग लिन पाकिस्तानमा सेना पठाउने चिनियाँ रक्षा मन्त्रालयले मङ्गलबार घोषणा गरेको छ ।
दैजी–जोगबुडा जोड्ने चुरेको कच्ची सडकमा जिप दुर्घटना हुँदा दुईजना महिलाको घटना स्थलमै मृत्यु भएको छ । लु १ ज ४५७९ नम्बरको डडेलधुरा जिल्लामा पर्ने परशुराम नगरपालिका-९ लिप्नामा दुर्घटना भएको हो । मृतकको सनाखत हुन सकेको छैन ।
राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार एक संशोधित आणविक सिद्धान्तमा हस्ताक्षर गर्दै आणविक शक्तिद्वारा समर्थित कुनै पनि राष्ट्रले रुसमाथि गरेको परम्परागत आक्रमणलाई उहाँको देशमाथि संयुक्त आक्रमण मानिने घोषणा गर्नुभएको छ ।
नेपालमा चलेको दश वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको भोलि १८ वर्ष पूरा हुँदै छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् ।
इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना भन्दा कम समयमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गत असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाको कारण आएको बाढीपहिरोका कारण ऊर्जा र सिँचाइ क्षेत्रमा रु १३ अर्ब बढीको क्षति भएको छ ।
इलामको गोर्खा टी स्टेटले पहिलो पटक चीनमा नेपाली अर्थोडक्स चिया निर्यात गरेको छ ।
ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा मङ्गलबार थ्रीस्टार क्लब र विभागीय टोली एपीएफ क्लब विजयी भएको छ ।
नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन मङ्सिर २८ र २९ गते हुने भएको छ।
एसिसी यु–१९ एसिया कपको तयारीमा रहेको नेपाल चौथो एक दिवसीय अभ्यास खेलमा मङ्गलबार भारतको कर्नाटक–१९ सँग पाँच विकेटले पराजित भएको छ ।
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा फरार रहँदै आएका जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसका अध्यक्ष देवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।