काठमाडौँ, मङ्सिर ४ गते। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी अजरबैजानको बाकुबाट मंगलबार स्वदेश फिर्ता हुनुभएको छ। प्रमुख स्वकीय सचिव लेकक्रिम शाहका अनुसार उहाँ मंगलबार स्वदेश फर्किनुभएको हो।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रको २९औँ सम्मेलन (कोप-२९) मा सहभागी हुन गत नोभेम्बर ९ मा अजरबैजान प्रस्थान गर्नुभएका मन्त्री शाही मंगलबार स्वदेश फिर्ता हुनुभएको हो।
उक्त सम्मेलनमा विश्व वातावरणीय सुविधा (जिइएफ)ले नेपाललाई १ अर्ब ४६ करोड रुपियाँ अनुदान उपलब्ध गराउने सम्झौता भएको छ। अजरबैजान बाकुमा बङ्गलादेशका वन वातावरण र जलवायु परिवर्तन सम्बन्धी मन्त्री स्येदा रिजवाना हसिनसँग भेटवार्ता भएको छ।
सोही सम्मेलनमा विश्व बैङ्कमा ग्लोबल वातावरण निर्देशक भ्यालेरी एम हिकीसँग मन्त्री शाहीको भेट भएको छ।