• ४ मंसिर २०८१, मङ्गलबार

निर्वाचन आयोगमा कल सेन्टर सञ्चालनमा

blog

काठमाडौं, मङ्सिर ४ गते । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका आजदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।

निर्वाचनका सिलसिलामा नागरिक, मतदाता र सरोकारवालाको जिज्ञासा, गुनासो, उजुरी र प्रश्नलाई आयोगका तर्फबाट सम्बोधन गर्न उक्त कल सेन्टर सञ्चालनमा ल्याइएको हो ।

आयोगका सहसचिव एवम् प्रवक्ता निता पोखरेल अर्यालले मङ्गलबार बिहान ७ देखि साँझ ७ बजेसम्म सञ्चालन हुने गरी आयोग परिसरमा निःशुल्क टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टर स्थापना गरिएको जानकारी दिनुभयो ।