• ४ मंसिर २०८१, मङ्गलबार

जनकपुरको ‘फेस अफ बोल्ट्स’ मा पूजा

blog

जनकपुरको जर्सी सार्वजनिक गरिँदै ।

काठमाडौँ, मङ्सिर ४ गते । नेपाल प्रिमियर लिग (एनपीएल) टोली जनकपुर बोल्ट्सले यु–१९ महिला क्रिकेट टिमकी कप्तान पूजा महतोलाई ‘फेस अफ बोल्ट्स’ घोषणा गरेको छ 

जनकपुरले जर्सी सार्वजनि कार्यक्रममा पूजालाई टोलीको ‘फेस अफ बोल्ट्स’ को रुपमा सार्वनिक गरेको हो । जर्सीको मधेश प्रदेश खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जयसवाल र जनकपुर बोल्ट्सका खेलाडी आशिफ शेखले अनावरण गर्नुभयो ।

जनकपुरको जर्सीमा मधेशको आठ वटै जिल्लाको भावना र उमङ्ग समावेश रहेको बताइएको छ । जनकपुरले जर्सी अनावरण कार्यक्रममा यु–१९ महिला कप्तान पूजालाई ५० हजार रुपियाँसहित सम्मान गरेको छ । 

चितवन राइनोजको जर्सी सार्वजनिक 

यसैगरी एनपीएलमा सहभागि अर्को टोली चितवन राइनोजले पनि आफ्नोे जर्सी सार्वजनिक गरेको छ । चितवनले  जर्सी, एन्थम र मस्कट एकैसाथ सार्वजनिक गरेको हो ।

चितवनका मार्की खेलाडी कुशल मल्ल र भरतपुर महानगरपालीकाकी प्रमुख रेणु दाहालले जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गर्नुभएको हो । चितवनको मुख्य प्रशिक्षकमा उमेश पटवाल हुनुहुन्छ ।