गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा व्यवस्था चुस्त दुरुस्त गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । मङ्गलबार कैलालीको धनगढीमा गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदैन गृहमन्त्री लेखकले जनतालाई अनुभूति हुने गरी मुस्कानसहित प्रभावकारी ढङ्गबाट सेवा प्रभाव गर्न निर्देशन दिनुभएको हो ।
लुम्बिनी प्रदेश सरकारले लगानीको खोजी गर्न थालेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरु सँगको छलफललाई तीव्रता दिनुभएको छ ।
जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाको दानसाँघुमा बेलिब्रिज पुल निर्माणका लागि सर्भे गरिएको छ ।
भक्तपुर अस्पतालले मोतिबिन्दुका शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले आजदेखि उक्त सेवा प्रारम्भ गरेको हो ।
नाइजेरिया र भारतले आर्थिक विकास, रक्षा, स्वास्थ्य सेवा र खाद्य सुरक्षालगायतका प्रमुख क्षेत्रहरूमा सम्बन्ध सुदृढ गर्ने प्रीतबद्धता गर्दै बलियो रणनीतिक साझेदारी निर्माण गर्न सहमत भएका छन् ।
राजगढ गाउँपालिका–४ बाट सप्तरी १७ क्विन्टल ३६ किलाे गाँजासहित एक जनालाई नियन्त्रणमा लिइएको छ । बालुवा र गिट्टीले छोपेर उक्त परिमाणको गाँजा लिएर राजगढ गाउँपालिका–४ बेल्ही चपेना शनि मन्दिरस्थित भित्री सडक खण्डमा पत्थरगाढाबाट झुटकीतर्फ गइरहेको टिपर र त्यसका चालकलाई सोमबार राति पक्राउ गरिएको हो ।
मोरङ–३ का प्रतिनिधिसभा सदस्य डा. सुनीलकुमार शर्माले दुबै मिर्गाैलामा समस्या भएर जीवन मरणको अवस्थामा पुग्नु भएका बेलबारी ३ का १९ वर्षीय सुशान राईको निःशुल्क उपचार गरिदिनु भएको छ ।
सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।
अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपियाँ जम्मा गरेको छ । मङ्गलवार प्रेस नोट जारी गर्दै मन्त्रालयले उक्त रकम जम्मा गरेको जनाएको हो ।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली चितवन राइनोजले जर्सी सार्वजनिक गरेको छ । सोमबार साँझ एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिएको हो ।
मोरङको कानेपोखरी–रङ्गेली सडकको दलेली बजारमा सोमबार टिपरको ठक्करबाट गम्भीर घाइते हुनु भएका रमेश दाहालको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेलेलाई जानकारी दिनुभयो ।
यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन २०८१ अन्तर्गत बागमती प्रदेशको चार जिल्लाको पाँच स्थानीय तहको सात स्थानमा हुने निर्वाचनमा १०२ जनाको उम्मेदवारी परेको छ । तीमध्ये दुई जना अन्य, २१ जना महिला र ४६ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । रिक्त रहेको नगरप्रमुख, गाउँपालिका उपाध्यक्ष र वडाध्यक्षसहित सात स्थानमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनमा
काठमाडौँ उपत्यकाका प्राचीन तीन शहर कान्तिपुर, पाटन र भक्तपुरमध्ये कान्तिपुर अर्थात् काष्ठमण्डपका मानव बस्तीको बनावट निकै रोचक र चाख लाग्दो छ ।
स्वास्थ्य र उपचार क्षेत्रमा जत्ति नै प्रगति भएको किन नहोस् कन्डमको मूल अवधारणा सयौँ वर्षदेखि एकै खालको छ ।