पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि निकाल्ने यन्त्र लैजान निषेध गरिएको छ । चर्को आवाजले शान्त हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका पर्यटकको एकाग्रता खल्बिलिने र यात्रामा बाधा पुग्ने भएकाले उक्त निर्णय गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१, कुनेगाउँमा गत असोज ११ र १२ गतेको अविरल वर्षाले गाउँका तीन घर बगायो भने १२ घर उच्च जोखिममा पारेका छन् तर सरकारले उनीहरूलाई सुरक्षित स्थान
पाँच वर्षअघिको कोरोना महामारी सकिन नपाउँदै रुस र युक्रेनबिचको युद्धले विश्व अर्थतन्त्रलाई नै नराम्रो असर पार्यो ।
नेपालको राजनीतिमा माक्र्सवादको प्रभाव के कति छ भन्ने जगजाहेर छ ।
स्वस्थ जीवनयापन गर्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो ।
यतिबेला रवि लामिछाने भाइरल छन् । प्रायः सबै सञ्चार माध्यममा दैनिक उहाँको विषयमा थरीथरीका जानकारी आइरहेको छ ।
रुकुमपश्चिममा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । चौरजहारी नगरपालिका वडा नम्बर २ निवासी ३२ वर्षीया दीपा कुमालले उनका श्रीमान् ४० वर्षीय मधु कुमालको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको छ । त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीले प्रतिष्ठानमा ताला लगाएका छन् ।
नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको छ । जिल्लाको गढवा गाउँपालिका–६ परिचोकस्थित गढवा पञ्चेबाजा कला संस्कृति संरक्षण केन्द्र लोप हुने अवस्थामा पुगेको बाजाको संरक्षण र प्रवर्द्धन अभियानमा जुटेको हो ।
प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भोलि (मङ्सिर ५) नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो समयदेखि अलैँची निर्यात व्यवसायमा संलग्न ओमकृष्ण बिमली र पार्वता बिमलीको लगानीमा उद्योगले एभरेस्ट ब्राण्डमा विभिन्न अलैँचीजन्य मसला उत्पादन गरी तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य लिएको छ ।
शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अग्निदहन’ को निर्माण पक्षले सोमबार पत्रकारसँग अन्तरक्रिया गर्दै चलचित्रले बोक्सी प्रथा उन्मूलनलाई मुख्य विषय बनाएको जनाएको छ ।
गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट रु ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ ।
मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना [साउन–कात्तिक] मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गा–बेनी खण्ड दैनिक छ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आजदेखि मङ्सिर ११ गतेसम्म दैनिक छ घण्टा उक्त खण्ड बन्द गरिने भएको हो ।