नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले देश र जनताका लागि व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ ।
नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी उच्चस्तरीय बैठक आज सम्पन्न भएको छ । उक्त बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ ।
चीन सरकारको सहयोगमा पुनर्निर्माण भइरहेको नुवाकोटको साततले दरबार ।
नेपाल चेम्बर अर्फ कमर्सले निजी क्षेत्रले सहज रुपमा व्यवसाय गर्नका लागि राज्यले एकल कर प्रणाली बनाउनु पर्ने माग गरेको छ ।
मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँ खण्डमा पर्ने छिर्कन–देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले सञ्चालन गरेको तालिमले स्वदेश तथा विदेशका लागि आवश्यक दक्ष जनशक्तिको माग धानिरहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सामधान गर्न तथा चिया ऐन बनाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
“हेलो ! मधु जी नमस्कार । फिल्म प्रदर्शन भएको तीन दिन भइसक्यो, केही लेखिदिनु पर्यो”, तिहारताका चलचित्र पूर्णबहादुर सारङ्गीका ‘हिरो’ विजय बरालले फोनमार्फत भन्नुभएको थियो ।
पाकिस्तानविरुद्ध तीन खेलको टी–२० सिरिजमा घरेलु टोली अष्ट्रेलियाले ‘क्लिन स्विप’ गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री सिता चौधरीले बबई गाउँपालिकाअन्तर्गत पर्ने विभिन्न सिँचाइ आयोजनाको अनुगमन गर्नुभएको छ ।
अमेरिका र फिलिपिन्सका रक्षा प्रमुखहरुले सोमबार वर्गीकृत सैन्य सूचना र प्रविधि आदान प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
तेह्रथुमको आगलागी पीडितलाई तेह्रथुम सरोकार समाज काठमाडौले राहत वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय तेह्रथुममा सोमबार एक कार्यक्रमको आयोजना गर्दै समाजले जिल्लाका बिभिन्न ५ वटा पालिकाका ५३ घरधुरी आगलागी पीडितहरुलाई राहत रकम वितरण गरेको हो ।
मनाङ मस्र्याङ्दी र चर्च ब्वाइज क्लबले ललित स्मृति एन्फा यु–१८ फुटबल लिगमा गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ ।
जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार टेकाराज भट्टराई निर्विरोध चयन हुनुभएको छ । स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार भएको उम्मेदवारी दर्तामा जिल्ला समन्वय समितिको प्रमुख पदमा भट्टराईको मात्र उम्मेदवारी परेको थियो । यससँगै उहाँ एकल उम्मेदवार हुनुभएको हो ।
निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न सबै स्थानीय तहलाई आठ बुँदे निर्देशन दिएको छ ।