ताप्लेजुङको मैवाखोला गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका –३ साँघुका साङ्गे शेपाकी ७ वर्षीया छोरी मन्सिरी शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो ।
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा नयाँ पुस्तालाई आकर्षण गर्नुपर्ने बताउनुभएको छ ।
पृथ्वी राजमार्गको मलेखु–मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ । सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
न्युजिल्यान्डविरुद्ध तीन खेलको एक दिवसीय घरेलु टोली श्रीलङ्काले एक खेल अगावै जितेको छ ।
पृथ्वी राजमार्ग हुँदै काठमाडौँतर्फ जाँदै गरेको ग्यास बुलेटको ठक्करबाट सोमबार एक महिलाको मृत्यु भएको छ ।
जलवायु परिवर्तन न्यूनीकरणका लागि साझेदारी गरेर अगाडि बढ्नका लागि नेपालले बङ्गादेशलाई आग्रह गरेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले धनगढीमा आज र्याली प्रदर्शन गरेको छ । रोयल्सले धनगढीको चौराहादेखि रङ्गशालासम्म र्याली प्रदर्शन गरेको हो ।
गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा पोखरामा क्यान्सर, मुटु, मिर्गौला, जलन, मातृ तथा बाल रोगसहितको विशिष्टीकृत अस्पताल निर्माणको एजेन्डा समावेश गर्न प्रस्ताव गरेको छ ।
चार दशक लामो शिक्षण यात्राको अन्त्यपछि जैविक मल उत्पादनतिर लागेका कपिलवस्तु बुद्धभूमि नगरपालिका–९ बकुलीपुरका शेषराम चौधरी अहिले कृषकहरूका लागि उदाहरण बन्नुभएको छ ।
सहकारीले सञ्चालनमा ल्याएका सुपथ मूल्यका पसल एक वर्षभित्रै बन्द हुने गरेका छन् । सहकारीहरूले अनुदान लिएर सञ्चालन ल्याएका सुपथ मूल्यका पसल एक वर्षभित्रै बन्द हुने गरेको हो ।
पृथ्वी राजमार्गको फिस्लिङमा सोमवार दिउँसो ग्यास बोकेको गाडीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्री महिलाको मृत्यु भएको छ । ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिस्लिङमा भारतबाट बनेपातर्फ जाँदैगरेको एनएल ०१ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले पैदल यात्रुलाई ठक्कर दिएको हो ।
मध्य बेरुतमा आइतबार भएको दुई इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको लेबनानले जनाएको छ । हिज्बुल्लाहले मृतक मध्यमा आफ्ना प्रवक्ता समेतरहेको पुष्टि गरेको छ ।
हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण गर्ने पर्यटकहरूले कात्तिक महिनामा मात्रै सरदर दुई अर्ब हाराहारीको आर्थिक कारोबार गरेका छन् ।
पूर्वी नवलपरासीका मुख्य नाकामा जडान गरिएको ७८ प्रतिशत सिसिटिभी क्यामेरा नचल्ने अवस्थामा छ । सिसिटिभी नचल्दा अनुसन्धानमा असहज भएको प्रहरीले जनाएको छ ।