राज्यको सम्पूर्ण बजेटमध्ये दुई खर्बभन्दा बढी बजेट शिक्षा क्षेत्रमा मात्र खर्च हुने गरेको छ ।
बुटवलमा सञ्चालन भइरहेको औद्योगिक व्यापार मेलामा लोकसंस्कृति जगेर्ना गर्ने उद्देश्यले भजन चुट्का प्रतियोगिता गरिएको छ ।
नेपाली गीत/सङ्गीत तथा नाट्य क्षेत्रमा आफ्नो जीवन समर्पण गर्ने दिवङ्गत राष्ट्रिय व्यक्तित्वको सम्झनामा ‘सम्झनामा दिग्गज स्रष्टा’ साङ्गीतिक समर्पण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले प्रसारण र वितरण प्रणाली विस्तार, सुधार एवं आधुनिकीकरणका लागि करिब ७२ अर्ब ९३ लाख रुपियाँ (५३ करोड ७० लाख अमेरिकी डलर) को लगानी प्राप्त गरेको छ ।
उद्योगको ब्रान्ड र प्याकेजिङ चोरी गरेर डिटर्जेन्ट पाउडर उत्पादन गर्दै आएको आरोपमा जिल्ला प्रशासन कार्यालय मोरङले युनिक सोप एन्ड केमिकल इन्डस्ट्रिजलाई सिलबन्दी गरेर अनुसन्धान सुरु गरेको छ ।
ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको छ ।
निजी मेडिकल कलेजलाई समेत चिकित्सा शिक्षा स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन सुझाव दिइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्याल (डिपी) अर्यालले पाउनुभएको छ ।
राष्ट्रिय सभाका सदस्य तथा शिक्षाविद्ले शैक्षिक संस्थाको पाठ्यक्रम निर्माणबारे प्रस्तावित व्यवस्थाको आलोचना गरेका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका –१५ गोडारमा सामूहिक रूपमा प्याज रोप्नका लागि जमिन तयारी गर्दै कृषक । स्थानीय ३० जना किसान मिलेर साढे दुई बिघा जमिनमा प्याज खेती गरेका छन् ।
फूलचोकी जङ्गलमा हराएका १३ जना प्रहरी सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ । सोमबार दिउँसोदेखि बाटो भुलेर जङ्गलमा हराइरहेकाको उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो ।
मंगलबारदेखि धनगढीमा हुने ‘नवौं वृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१’ को तयारी पूरा भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको आयोजनामा हुने शैक्षिक महोत्सवको तयारी पूरा भएको हो ।
निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले सोमबार संयुक्त रूपमा ‘परम्परागत चिनियाँ अन्तर्राष्ट्रिय निदान तथा उपचार केन्द्र’ को उद्घाटन गर्नुभयो ।
त्रिभुवन राजपथ अन्तर्गत हेटौँडा उपमहानगरपालिका १ तिरतिरेधारास्थित सडकखण्डमा भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका १, स्थित चौकीटोल बस्ने युवराज लामाको मृत्युभएको छ ।