• ९ पुस २०८१, मङ्गलबार

ग्लोबल आइएमईको ग्लोबल हाटबजार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ९ गते । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको छ । 

उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारासाथ बैङ्कले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउन बैङ्कको काठमाडौँको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्ने छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त हाटबजारको उद्घाटन गर्नुभयो । उहाँले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका लघु, साना तथा मझौला उद्यमको बजारमा पहुँच विस्तार गर्न हाटबजार सञ्चालनमा ल्याइएको बताउनुभयो ।